सोमबार, असोज ७ गते २०८१    
images
images

गौतम बुद्धको मावली दाबी गरिएको पण्डितपुरको विकासमा जापानको चासो

images
बिहीबार , असोज ११ २०८०
images
images
गौतम बुद्धको मावली दाबी गरिएको पण्डितपुरको विकासमा जापानको चासो

पण्डितपुर कोलीय गणराज्यको राजधानीका रूपमा परिचित छ। गौतमबुद्धको मावलीस्थल देवदह नभइ पण्डितपुर भएको दाबी गरिए पनि उचित खोजबिन नहुँदा उक्त स्थल ओझेलमा पर्दै गएको छ।

images
images

नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) रामग्राम नगरपालिका-१८ मा रहेको पुरातात्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको विकासका लागि जापानी बौद्ध अनुरागीहरूको टोलीले चासो दिएको छ।

images
images
images

बौद्ध महासंघका सल्लाहाकार तथा एसियाली विकास बैंक एडीबीका पूर्वजनरल डाइरेक्टर नोरीतादा मोरीतासहितको टोलीले पण्डितपुरमा आएर यहाँको चौतर्फी विकासका लागि चासो व्यक्त गरेको हो।

सो क्रममा टोली प्रमुख मोरीताले पण्डितपुरको संरक्षणका लागि नगरपालिकासँग मिलेर काम गर्न चाहेको बताए। पण्डितपुरमा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवसँग भएको भेटमा उनले पण्डितपुरमा बौद्ध विहारलगायतका संरचना निर्माणका लागि नगरपालिकामार्फत बजेट उपलब्ध गराउन चाहेको बताउँदै आवश्यक सहयोग गर्न आग्रह गरे।

सो क्रममा नगरप्रमुख यादवले अहिले बुद्धको एकमात्र सिंगो अस्तुधातु रहेको रामग्राम स्तूप र पण्डितपुरलगायतका बुद्धस्थलको संरक्षण र विकासका लागि नगरपालिकाले काम गरिरहेको बताउँदै जापानी नागरिकले देखाएको चासो सराहनीय भएको बताए। उनले नगरपालिकाले रामग्राम विकास कोषसमेत गठन गरेर संरक्षणको काम अगाडि बढाइसकेकाले नगरपालिका जापानी सहयोगबाट काम गर्न तयार रहेको उल्लेख गरे।

images

पण्डितपुर कोलीय गणराज्यको राजधानीका रूपमा परिचित छ। गौतमबुद्धको मावलीस्थल देवदह नभइ पण्डितपुर भएको दाबी गरिए पनि उचित खोजबिन नहुँदा उक्त स्थल ओझेलमा पर्दै गएको छ। लुम्बिनी विकास कोषले ध्यान नदिएको भन्दै नगरपालिकाले अहिले बुद्धस्थलको संरक्षणका लागि रामग्राम विकास कोष बनाएर काम अगाडि बढाएको छ। रासस


प्रकाशित : बिहीबार , असोज ११ २०८०१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend