सोमबार, असोज ७ गते २०८१    
images
images

पहिरोले रिडी‐रुद्रवेणी सडक अवरुद्ध

images
बिहीबार , असोज ११ २०८०
images
images
पहिरोले रिडी‐रुद्रवेणी सडक अवरुद्ध

स्काभेटरको माध्यमबाट पहिरो पन्छाउने काम भइरहेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए।

images
images

गुल्मी- पहिरोका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ। कालीगण्डकी करिडोर अन्तर्गतको रिडी‐रुद्रवेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

images
images
images

रुरुक्षेत्र गाउँपालिका-१ अन्तर्गत रिडी बजारदेखि नजिकै रहेको विष्णुपञ्जरमा गएराति सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेको हो। पहिरो खसेको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको नेतृत्वमा सडक सञ्चालनका लागि बिहानैदेखि प्रहरी टोली घटना स्थलमा खटिरहेको छ।

विडारी कन्ट्रक्सनद्वारा स्काभेटरको माध्यमबाट पहिरो पन्छाउने काम भइरहेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए।

रिडी‐रुद्रवेणी‐वामीटक्सार हुँदै बागलुङको बुर्तिवाङसम्म पुग्ने उक्त सडक जिल्लामा सबैभन्दा बढी सवारी साधनहरु सञ्चालन हुने सडकमा पर्छ। सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवललगायतका गन्तव्यमा पुग्ने यात्रु र सवारी साधन रोकिएका छन्। अवरुद्ध सडक चाँडो भन्दा चाँडो सञ्चालनका लागि काम भइरहेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। रासस

images


प्रकाशित : बिहीबार , असोज ११ २०८०१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend