सोमबार, चैत २५ गते २०८१     २ : ३६ : ०८
सोमबार, चैत २५ २०८१
images
images

लुसिडका विद्युतीय कार साउदी अरबमै बन्ने, औपचारिक रुपमै प्लान्ट स्थापना

images
शुक्रबार, असोज १२ २०८०
images
images
लुसिडका विद्युतीय कार साउदी अरबमै बन्ने, औपचारिक रुपमै प्लान्ट स्थापना

लुसिडले बुधबार औपचारिक रुपमा किङ अब्दुल्लाह इकोनोमिक सिटीमा प्लान्ट स्थापना गरेको हो। पहिलो चरणमा अमेरिकाबाट किट ल्याएर लुसिडका विद्युतीय कार एसेम्बल हुनेछ। 

images
images

काठमाडौैं- अमेरिकी विद्युतीय कार स्टार्टअप कम्पनी लुसिडले साउदी अरेबियामा कार उत्पादन प्लान्ट स्थापना गरेको छ। अमेरिकापछि लुसिडले अन्य देशमा स्थापना गरेको यो पहिलो अन्तर्राष्ट्रिय प्लान्ट हो।

images
images

पेट्रोलियम पदार्थ उत्पादनमा अग्रणी मध्यको साउदी अरब पछिल्लो सयम विद्युतीय सवारीको रेसमा ग्लोबल प्लेयर बन्न चाहिरहेको छ। लुसिडले बुधबार औपचारिक रुपमा किङ अब्दुल्लाह इकोनोमिक सिटीमा प्लान्ट स्थापना गरेको हो। पहिलो चरणमा अमेरिकाबाट किट ल्याएर लुसिडका विद्युतीय कार एसेम्बल हुनेछ। 

images
images

साउदी सरकारको सहयोगमा स्थानीय रुपमा प्रविधि उद्योगलाई अघि बढाउने अवसर पाइएको लुसिडका सीईओ पिटर रलिनसनले सीएनएनलाई बताएका हुन्। ‘सउदी अबरमा एसेम्बल भएका लुसिडका विद्युतीय सवारी साउदी र अन्य देशमा निर्यात हुनेछन्,’ उनले भने। 

images
images

साउदी सरकारले लुसिडसँग १० वर्ष भित्रमा १ लाख विद्युतीय कार खरिद गरिदिने सम्झौता समेत गरेको छ। लुसिडले अमेरिकामा बनेका लुसिडका कार डी एसेम्बल गर्ने र साउदी ल्याएर रिएसेम्बल गर्ने छ। सुरुवाती चरणमा लुसिडको साउदी प्लान्टबाट वार्षिक ५ हजार विद्युतीय कार एसेम्बल हुनेछ। 

क्रमिक रुपमा एसेम्बलबाट उत्पादनमा जाने र साउदीमा एसेम्बल प्लान्ट स्थापना भएको १० वर्षभित्रमा वार्षिक कार उत्पादन क्षमता १ लाख ५० हजार पुग्ने लुसिडले जनाएको छ। २०३० सम्म पुग्दा साउदी सरकारले नयाँ बिक्री हुने कार मध्ये ३० प्रतिशत विद्युतीय हुने नीति लिएको छ। 

साउदी अरेबियामा बनिरहेको प्लान्टमा लुसिड ग्रुपले १ अर्ब अमेरिकी डलरभन्दा बढी रकम खर्च गर्ने छ। साउदीको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ)ले आर्थिक सहगोय गरेको लुसिडले साउदीलाई आधारित बनाएर उच्च प्रविधियुक्त सवारीसाधन उत्पादन गर्ने छ। विश्वव्यापी रुपमा हुने विद्युतीय कारको मागलाई सम्बोधन गर्नेगरि लुसिडले काम गर्ने सहमती केही समयअघि भएको थियो। 

विद्युतीय कार उत्पादक लुसिडले साउदी अरबमा कार उतपादन गर्न त्यहाँको लगानी मन्त्रालय, साउदी औद्योगिक विकास फन्ड र  किङ अब्दुल्लाह इकोनोमिक सिटीसँग सम्झौता गरिसकेको छ। किङ अब्दुल्लाह इकोनोमिक सिटीमा साउदी बाहेकको पहिलो उत्पादन प्लान्ट स्थापना गर्ने कम्पनी लुसिड भएको छ। 

384467405_328576669710239_4552254780089648628_n.jpg

लुसिडको अमेरिकामा रहेको प्लान्टबाट वार्षिक ३४ हजार कार उत्पादन हुने क्षमता छ। लुसिडले उक्त प्लान्टको फेज २ अन्तर्गत हुने विस्तारबाट वार्षिक कार उत्पादन क्षमता ९० हजार वटाले बढाउने छ। 

लुसिडले बनाएको योजनाअनुसार काम भए कम्पनीले विश्वभर स्थापना गर्ने सबै प्लान्टबाट वार्षिक ५ लाख कार उत्पादन हुनेछ। 

साउदीमा बन्ने प्लान्टबाट सुरुमा स्थानीय बजारलाई लक्षित गरि कार उत्पादन गर्ने लुसिडले जनाएको छ। योसँगै लुसिडले साउदी प्लान्टलाई पूर्णरुपमा सञ्चालन गरेर एसिया क्षेत्रमा विद्युतीय कार निर्यात गर्नेछ।

लुसिडले २०२५ भित्र प्लान्ट साउदी अबर प्लान्टबाट कार उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। लुसिड ग्रुप इंक २००७ मा स्थापना भएको हो। टेस्लामा रहेका इन्जिनियरहरु त्यहाँबाट अलग्गिएर लुसिड मोटर स्थापना गरेका थिए। 

लुसिड मोटर्सले २०१६ मा आफूलाई रिब्रान्ड गर्दै पूर्णविद्युतीय कार त्यसमा पनि उच्च क्षमताको विलासी कार बनाउने बताएको थियो। त्यही अनुसार उच्च रेन्ज दिने विलासी कार उत्पादन गर्दै आएको छ। टेस्ला सीईओ एलन मस्कले भने लुसिडलगायत ब्रान्डलाई खिसिट्युरीका रुपमा उडाउँदै आएका छन्। 


प्रकाशित : शुक्रबार, असोज १२ २०८००६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend