आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

राष्ट्र बैंकले संशोधन गर्‍यो आन्तरिक ऋण उठाउने कार्यतालिका, पहिलो त्रैमासमा ८० अर्ब र दोस्रोमा ३० अर्ब उठाउने

बुधबार, असोज १० २०८०
राष्ट्र बैंकले संशोधन गर्‍यो आन्तरिक ऋण उठाउने कार्यतालिका, पहिलो त्रैमासमा ८० अर्ब र दोस्रोमा ३० अर्ब उठाउने

पहिलो त्रैमासमा राष्ट्र बैंकले लक्ष्यभन्दा बढी आन्तरिक ऋण उठाएकाले कार्यतालिका संशोधन गरेको हो। राष्ट्र बैंकले पहिलो त्रैमासमा थप २५ अर्ब आन्तरिक ऋण उठाउने र दोस्रो त्रैमासमा २५ अर्बले कम उठाउने निर्णय गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन गरेको छ। यसअघि राष्ट्र बैंकले पहिलो त्रैमासमा ५५ अर्ब रूपैयाँ ऋण उठाउने लक्ष्य राखेकोमा अब ८० अर्ब रूपैयाँ उठाउने भएको छ। 

यसअघि पहिलो त्रैमास र दोस्रो त्रैमासमा समान ५५/५५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो। राष्ट्र बैंकले असोज ६ गतेसम्ममा ५९ अर्ब २१ करोड रूपैयाँ विकास ऋणपत्र र ३ अर्ब रूपैयाँ ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाइसकेको छ। राष्ट्र बैंकले यही असोज महिनाभित्रै थप २५ अर्ब रूपैयाँ विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाउने छ।

हाल विकास ऋणपत्रको ब्याजदर ७ प्रतिशत र औषत भारित ब्याजदर ६.९६ प्रतिशत रहेको छ।

पहिलो त्रैमासमा राष्ट्र बैंकले लक्ष्यभन्दा बढी आन्तरिक ऋण उठाएकाले कार्यतालिका संशोधन गरेको हो। राष्ट्र बैंकले पहिलो त्रैमासमा थप २५ अर्ब आन्तरिक ऋण उठाउने र दोस्रो त्रैमासमा २५ अर्बले कम उठाउने निर्णय गरेको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले राष्ट्र बैंकले ट्रेजरी बिल र विकास ऋणपत्रमार्फत तरलता प्रशोधन गर्ने नीति लिएको छ। हाल बैंकिङ प्रणालीमा ४ खर्ब ५० अर्बको हाराहारीमा लगानीयोग्य रकम रहेको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएकाले अन्तर बैंक ब्याजदर २.५६ प्रतिशत झरेको छ। अन्तर बैंक ब्याजदर घटे पनि राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि रिपो जारी गरेको छैन। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ४.५ प्रतिशत निक्षेप संकलन दर तोकेको छ। अर्थात अन्तर बैंक ब्याजदर ४.५ प्रतिशतभन्दा तल झरेमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता प्रशोचन गर्ने नीति मौद्रिक नीतिमार्फत तय भएको छ।

यद्यपी राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोचनका लागि रिभर्स रिपो जारी गरेको छैन। बरु बैंकिङ प्रणालीमा अधिक तरलता रहेको समयमा राष्ट्र बैंकले थप विकास ऋणपत्र जारी गर्ने नीति लिएको छ।

राष्ट्र बैंकले छोटो अवधि (१४ दिन) का लागि तरलता व्यवस्थापनका गर्न रिपो तथा रिभर्स रिपोमार्फत दैनिक १० अर्ब र अधिकतम ३० अर्बसम्म तरलता प्रशोचन गर्न खुला बजार कारोबार विनियमावलीमा व्यवस्था गरिएको छ। 


प्रकाशित : बुधबार, असोज १० २०८००६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend