शुक्रबार, असोज ४ गते २०८१    
images
images

नेशनल पेमेन्ट स्वीचमा एकैपटक २९ वटा बैंक तथा वित्तीय संस्था जोडिए

images
शुक्रबार, मंसिर ३ २०७८
images
images
नेशनल पेमेन्ट स्वीचमा एकैपटक २९ वटा बैंक तथा वित्तीय संस्था जोडिए

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्था जोडिएका छन्।

images
images

काठमाडौं-नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्था जोडिएका छन्। पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र २९ बैंक बित्तीय संस्थाबीच बिहीबार एक औपचारिक कार्यक्रममा  सम्झौता भएको हो।

images
images
images

सम्झौतामा हस्तान्तरण हुने कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको समेत उपस्थित भएको थियो। कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेल र फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधार पनि उपस्थित थिए। विभिन्न बैंक वित्तीय संस्था  तथा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रमुख कार्यकारी र पदाधिकारीहरु पनि सहभागी थिए।

सरकारको बजेट तथा मौद्रिक नीतीमा समेत उल्लेख भएबमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी एनसीएचएललाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृति प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति २०७८ कात्तिकमा दिइएको थियो।

नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैकहरु, ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैक वित्तीय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

images

 


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend