काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा चार सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला ८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४ सय ५० रूपैयाँ तोकिएको छ।
चाँदी आज तोलामा १५ रूपैयाँले घटेर एक हजार ३ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य मंगलबार प्रतितोला ३० रूपैयाँले घटेर तोलाको १४ सय रूपैयाँ कायम थियो।