शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

ढुवानी व्यवसायमा भ्याट : अब घोडा खच्चड पनि करको दायरामा

images
मंगलबार, असोज ९ २०८०
images
ढुवानी व्यवसायमा भ्याट : अब घोडा खच्चड पनि करको दायरामा

निर्देशिकाअनुसार भरियाको हकमा पनि भ्याट लाग्ने छ। तर उसले वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको हुनुपर्ने छ।

images
images

काठमाडौं- सरकारले ढुवानी सेवामा भ्याट लगाएसँगै घोडा खच्चडलगायतका जनावरबाट हुने ढुवानीलाई समेत करको दायरामा ल्याउने भएको छ।

images
images
images

आन्तरिक राजस्व विभागले ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका, २०८० जारी गर्दै जनावरबाट हुने ढुवानीलाई समेत करको दायरामा ल्याउने गरी ढुवानीका साधनहरूलाई परिभाषित गरेको छ। 

images
images

विभागले ढुवानीको साधन भन्नाले ट्रक, टयांकर, हवाईजहाज, हेलिकोप्टर, रोपवे, केवलकार, रञ्जुमार्ग, जल यातायात, जनावरमार्फत वा अन्य कुनै किसिमले सेवा शुल्क लिइ मालसामान ढुवानी गर्नेलाई जनाउनुपर्ने बताएको छ। तर वार्षिक ५० लाख रुपैयाँभन्दा कम कारोबारको हकमा भने भ्याट अनिवार्य नहुने विभागको निर्देशिकामा उल्लेख छ। 

images
images

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार ढुवानीका साधनको परिभाषामा सबैलाई समावेश गरिए पनि ५० लाखभन्दा कम कारोबारको हकमा भ्याट लाग्दैन। उदाहरणका लागि कसैले कम्पनीमार्फत व्यावसायिक रुपमा ठूलो संख्यामा खच्चड, चौरीमार्फत सामान ढुवानी गरेको छ र वार्षिक ५० लाखभन्दा बढीको कारोबार गर्छ भने भ्याट लाग्ने उनले बताए।

यसैगरी निर्देशिकाअनुसार भरियाको हकमा पनि भ्याट लाग्ने छ। तर उसले वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको हुनुपर्ने छ।


प्रकाशित : मंगलबार, असोज ९ २०८०१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend