शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

प्रमाणीकरणकै पूर्वाधार नहुँदा चीन निर्यात हुन सकेन सिट्रस फ्रुट

कृषि तथा वनस्पतिजन्य वस्तुका लागि आधुनिक प्रयोगशाला चीनले बनाइदिने 

images
मंगलबार, असोज ९ २०८०
images
प्रमाणीकरणकै पूर्वाधार नहुँदा चीन निर्यात हुन सकेन सिट्रस फ्रुट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले जारी गरेको सयुक्त बक्तव्यमा कृषि तथा अन्य वस्तु नेपालबाट निर्यातका लागि आवश्यक सहजीकरण गर्ने भनेर उल्लेख गरिएको छ। 

images
images

काठमाडौं- पाँच वर्षअघि चिनियाँ राष्ट्रपति शी जिनपिङ नेपाल भ्रमणमा आउँदा भएको सम्झौताअनुसार कतिपय कृषि तथा पशुजन्य वस्तुको निर्यात अझै हुन सकेको छैन। २०७६ सालमा शी नेपाल भ्रमणमा आउँदा नेपालबाट 'सिट्रस फ्रुट' अर्थात कागति, सुन्तला तथा जुनारजस्ता उपजको चीनले नेपालबाट आयात गर्ने वाचा गरेको थियो। 

images
images
images

उक्त समयमा भएको सम्झौताअनुसार अझैसम्म पनि चीनमा ती वस्तु निर्यात भने हुन सकेको छैन। सिट्रसमात्र होइन अन्य कृषि तथा वनस्पतिको नेपालबाट चीन निर्यातका लागि सम्झौता भएपनि त्यसको कार्यान्वयन भने जटिल रहेको छ। 

images
images

जटिलताको मुख्य कारण भनेको परीक्षण तथा प्रमाणीकरण हो। कुनै पनि देशले आफ्नो देशमा आयात हुने वस्तुका लागि मापदण्ड निर्धारण गर्छन्। वनस्पति तथा खाद्यान्नमा अझ कसिलो मापदण्ड बनाउने गरेका छन्। चीनले पनि यस्तै व्यवस्था गरेको छ। 

images
images

चीनले नेपालबाट कृषि तथा वनस्पतिजन्य वस्तुको निर्यात गर्नका लागि तोकेका मापदण्ड पूरा गर्ने न्यूनतम पूर्वाधार नहुँदा जटिल बनिरहेको छ। 

यही जटिलतालाई सहजीकरण गर्नका लागि भन्दै चीनसँग फेरि सम्झौता भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा कृषि तथा अन्य वस्तु नेपालबाट निर्यातका लागि आवश्यक सहजीकरण गर्ने भनेर उल्लेख गरिएको छ। 

नेपालबाट पकाएको राँगाको मासुलगायतका वस्तुको निर्यातमा सहजीकरण गर्ने र यसका लागि प्राविधिक तयारी गर्ने उल्लेख गरिएको छ। नेपालले प्रस्ताव गरेका हरेक कुरामा सहजीकरण गर्न चीन सदैव तयार रहेको विज्ञप्तिमा उल्लेख छ। 

वाटर इन्टेनसिभ वस्तुको उत्पादनभन्दा आयात गर्ने नीति लिएको चीनले नेपालबाट मासु तथा अन्य वस्तु लिन तयार रहेको बताउँदै आएको छ। तर त्यसका लागि प्रमाणीकरण भने आवश्यक हुने चिनियाँ पक्षको अडान छ। 

नेपालसँग आधुनिक प्रयोगशाला तथा प्रमाणीकरणका लागि चीनले मान्यता दिएको संस्थागत व्यवस्था छैन। यही समस्यालाई समाधानका लागि भन्दै चीनले नेपालमै आधुनिक ल्याब तथा क्वारेन्टाइनका लागि पूर्वाधार निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ। 


प्रकाशित : मंगलबार, असोज ९ २०८००८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend