आइतबार, वैशाख १६ गते २०८१    
images
images
बीवाईडीमा साइमेक्सको बदमासी

ई-सिक्स आयातमा राजस्व छलेको भन्सारको प्रारम्भिक निष्कर्ष, सक्कल कागजात पेश गर्न साइमेक्सलाई पत्र

images
images
images
ई-सिक्स आयातमा राजस्व छलेको भन्सारको प्रारम्भिक निष्कर्ष, सक्कल कागजात पेश गर्न साइमेक्सलाई पत्र

साइमेक्सले २०१९ मार्च १९ मा वीरगञ्ज भन्सारबाट ल्याएको १० वटा ई सिक्स (इयर २०१५) को ४ लाख अमेरिकी डलर बीवाईडीलाई बुझाएर ल्याएको थियो। तर त्यही ई सिक्स साइमेक्सले २०२२ अप्रिल १८ मा रसुवागढी भन्सारबाट ल्याउँदा भने ७ वटा कारको ७० हजार डलर तिरेको प्रज्ञापन पत्रमा उल्लेख छ। 

images
images

काठमाडौं- चिनियाँ सवारी उत्पादक बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्सले आयात गरेको २० वटा ई-सिक्समा राजस्व छली भएको भन्सारले प्रारम्भिक निष्कर्ष निकालको छ। 

images
images
images

ई-सिक्स आयातमा राजस्व छली गरेको निष्कर्षसँगै बीवाईडी बिक्रेता साइमेक्सलाई भन्सार विभागअन्तर्गतको भन्सार जाँचपास परीक्षण कार्यालयले सक्कल कागजात पेश गर्न पत्र काटेको हो। लामो समयपछि परीक्षण कार्यालयले ई-सिक्स आयातमा कर छलीको अध्ययन गरेर छली भएको कर र जरिबानासमेत असुल गर्ने प्रक्रिया सुरु गरेको हो।  

images

साइमेक्सले बीवाईडीले सन् २०१५ मै बनाएको ई-सिक्स विद्युतीय कार दुईपटक ल्याउँदा भिन्दाभिन्दै मूल्यमा ल्याएको तथ्यसहित बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो। साइमेक्सले २०१९ मार्च १९ मा ल्याएको ई-सिक्सको प्रज्ञापन पत्रअनुसार प्रतिकार ४० हजार अमेरिकी डलर बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडलाई पठाएको थियो। साइमेक्सले नै २०२२ अप्रिल १८ मा ल्याएको २० वटा समान क्षमताको ई-सिक्सको प्रज्ञापन पत्रअनुसार भने सो कार प्रत्येकको १० हजार डलरमात्र बीवाईडीलाई चीन पठाएको थियो। 

images

तीन वर्षभन्दा कम समयमा एउटै विद्युतीय कारको मूल्य कसरी ३० हजार अमेरिकी डलर घट्न सक्छ? भन्ने विषयमा परीक्षण कार्यालयले अध्ययन थालेको हो। त्यस्तै कार्यालयले साइमेक्सले १० हजार डलरमा खरिद गरेर आयात गरेको ई-सिक्समा मूल्य निर्धारण गर्दा अस्वभाविक खर्च देखाएर ४५ लाख रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको बारेसमेत अनुसन्धान थालेको हो। 

images
images

साइमेक्सले २०१९ मार्च १९ मा वीरगञ्ज भन्सारबाट ल्याएको १० वटा ई-सिक्स (इयर २०१५) को ४ लाख अमेरिकी डलर बीवाईडीलाई बुझाएर ल्याएको थियो तर त्यही ई-सिक्स साइमेक्सले २०२२ अप्रिल १८ मा रसुवागढी भन्सारबाट ल्याउँदा भने ७ वटा कारको ७० हजार डलर तिरेको प्रज्ञापन पत्रमा उल्लेख छ। 

ex.jpg
साइमेक्सले २०२२/४/१८ मा रसुवागढी भन्सारबाट कार ल्याउँदाको प्रज्ञापनपत्र।

तीन वर्षको अवधिमा एउटा कारमा यति ठूलो मूल्यान्तर हुनेगरि कुनै पनि वस्तुको मूल्य नघटेको अटोमोबाइल व्यवसायीहरू बताउँछन्। यसबारे सरकारले अध्ययन गरेर बदमासी गर्नेहरूलाई कारबाही गरेर जरिबाना नलगाउने हो भने यस्तो प्रवृत्ति मौलाउने उनीहरूको भनाइ छ। 

२०२१ मा प्रतिकिलोवाट आवर ब्याट्री उत्पादन लागत १ सय ४१ डलर थियो। साइमेक्सकै दाबीलाई आधार मान्ने हो भने पनि २०२१ मा बनेको ई-सिक्समा प्रयोग भएको ब्याट्रीको लागत नै ८ हजार ६ सयभन्दा बढी अमेरिकी डलर पर्दछ। ब्याट्रीको लागत साढे ८ हजारभन्दा बढी हुँदा त्यही ब्याट्री प्रयोग भएको कार कसरी १० हजार डलरमा बन्न सक्छ?

बीवाईडी ई-सिक्समा ६१ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। ई-सिक्समा रहेको ६१ किलोवाट आवर ब्याट्री र प्रतिकिलोवाट एलएफपी ब्याट्री मूल्य ३ सय डलरका हिसाबले १८ हजार डलरभन्दा बढी पर्दथ्यो। २०१५/१६ मा उत्पादन भएको बीवाईडी ई-सिक्समा प्रयोग भएको ब्याट्रीको लागत २० हजार डलरभन्दा कम हुनै सक्दैन। 

यसको पुष्टी साइमेक्सले नै चीनबाट वीरगञ्ज नाका हुँदै २०१९ मार्च १९ मा ई-सिक्स (इयर २०१५) को प्रतिगोटा मूल्य ४० हजार अमेरिकी डलर तिरेको बाटै हुन्छ। त्यस्तै साइमेक्सले नै २०१७ मा ल्याएको ई-सिक्स भने २०१५ मा बनेको उल्लेख छ। 

evi.jpg
साइमेक्सले २०१९/३/१९ मा वीरगञ्ज भन्सारबाट कार ल्याउँदाको प्रज्ञापनपत्र।

एक भन्सार अधिकृतका अनुसार कम मूल्यमा आयात भएको बीवाईडी ई-सिक्स सोहीअनुसार स्वभाविक मूल्य निर्धारण गरेर बिक्री गरेको भएपनि त्यो अनुसन्धानको विषय नबन्न सक्थ्यो। ‘तर यहाँ त १० प्रतिशत भन्सारमात्र लाग्ने समयमा १० हजार डलरमा ई-सिक्स किनेर ल्याउने अनि मूल्य ५० लाख रुपैयाँ राखेर बिक्री गरेको देखियो,’ ती भन्सार अधिकृतले भने, ‘प्रारम्भिक अध्ययनमै यो कारबाही भागी देखिएको छ। आयातकर्तालाई अधिकतम कारबाही हुनुपर्छ।’ 

कम मूल्यमा कार ल्याएर सोहीअनुसार बिक्री मूल्य राखेर बिक्री गरेको भए उपभोक्ताले राहत पाउने थिए तर साइमेक्सले पुरानो कार ल्याएर नयाँसरह मूल्य राखेर बिक्री गरेको विषयमा समेत भन्सारले अध्ययन गरिरहेको छ। साइमेक्सले बीवाईडी ई-सिक्सको मूल्य निर्धारण गर्दा खर्च नै नहुने शीर्षकमा खर्च देखाएको विषयले भन्सार जाँचपास परीक्षण कार्यालयको ध्यान तानेको हो। 

कार्यालयले दुई साताभित्र साइमेक्सलाई बीवाईडी ई-सिक्स आयात, मूल्य निर्धारण, बिक्री बिजकलगायत सबै कागजात पेश गर्न भनेको छ। त्यसलगत्तै कार्यालयले आवश्यक कारबाही गर्ने स्रोतले जनाकारी दियो। 

सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण 

 

images

प्रकाशित : मंगलबार, असोज ९ २०८०११:४२
  • सम्बन्धित विषय:

  • # #BYD
  • # #cimex
  • # साइमेक्सको कर छली
  • # byd e6
  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस