शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

इन्द्रजात्रा : असोज ११, १२ र १५ गते यी सडकमा हुनेछन् सवारी आवागमन निषेध

images
मंगलबार, असोज ९ २०८०
images
इन्द्रजात्रा : असोज ११, १२ र १५ गते यी सडकमा हुनेछन् सवारी आवागमन निषेध

तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

images
images

काठमाडौं- ययाँ (इन्द्रजात्रा) को अवधिमा यही असोज ११ गतेदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ।

images
images
images

काठमाडौं महानगरले आज याँया (इन्द्रजात्रा) को अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

images
images

असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको जनाएको छ ।

images
images

महानगरले वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भइसकेका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालापहरु हिँडेर सञ्चालन गरिने जनाएको छ।

साथै तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग पुर्‍याउन समेत महानगरपालिकाले आग्रह गरेको छ। रासस


प्रकाशित : मंगलबार, असोज ९ २०८००५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend