शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय 

images
सोमबार, असोज ८ २०८०
images
सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय 
फाइल तस्बिर

पछिल्लो समय सुन चाँदी व्यवसायीहरूले निरन्तर रुपमा सुनको कोटा बढाउन माग गर्दै आएका थिए। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले नेपालमा दैनिक सुन आयातको कोटा बढाउने निर्णय गरेको छ। राष्ट्र बैंकको सञ्चालक समितिले सुनको दैनिक आयातको कोटा २० किलो बनाउने निर्णय गरेको छ। 

images
images
images

हालसम्म सुन दैनिक रुपमा १० किलो आयातको कोटा रहेको छ। वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्दै वितरण गरिरहेका छन्। 

images
images

२ वर्षअघि वैदेशिक मुद्राको सञ्चितिमा दबाब आएपछि राष्ट्र बैंकले सुन चाँदी आयातमा कडाइ गरेको थियो। सुनको आयात कोटा घटाउँदै १० किलोमा झारिएको थियो। 

images
images

पछिल्लो समय सुन चाँदी व्यवसायीहरूले निरन्तर रुपमा सुनको कोटा बढाउन माग गर्दै आएका थिए। 

२० किलोको कोटा निर्धारण गर्ने निर्णय राष्ट्र बैंकको सञ्चालक समितिबाट निर्णय भएपनि निर्देशन भने अझै जारी भएको छैन। 

‘मान्युट भएपनि सबैको हस्ताक्षर नहुँदा पूर्णता पाएको छैन, प्रक्रिया पुगेपछि निर्देशन जारी हुन्छ’ राष्ट्र बैंक निकट उच्च अधिकारीले भने। 

सुनको आयातमा कडाइ गरेसँगै आयात पनि घटिरहेको छ। विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि कडाइ गरिएपनि अहिले अवस्था सहज भएपछि खुकुलो बनाउनुपर्ने दबाब राष्ट्र बैंकमाथि परेको थियो। 


प्रकाशित : सोमबार, असोज ८ २०८०१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend