शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

डेढ करोड लागतमा हडिया खोलामा बन्यो झोलुंगे पुल

images
सोमबार, असोज ८ २०८०
images
डेढ करोड लागतमा हडिया खोलामा बन्यो झोलुंगे पुल
फाइल तस्बिर

एक करोड ३० लाख रूपैयाँको लागतमा १३० मिटर लामो झोलुंगे पुल निर्माण गरिएको हो। पुल बनेपछि यहाँका बासिन्दालाई सहज भएको छ।

images
images

झापा- मेचीनगर नगरपालिका-१४ को हडिया खोलामा झोलुंगे पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन्। पुल बनेपछि बर्सातको समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानुपर्ने बाध्यताबाट मुक्त हुन पाएकामा उनीहरू हर्षित भएका हुन्।

images
images
images

वडा नम्बर १४ स्थित पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको विद्यालय तथा  वडा कार्यालय पुग्न वडा नंं १० को धुलाबारी हुँदै घुमेर जानुपर्ने बाध्यता थियो। पुल बनेपछि यहाँका बासिन्दा सो समस्याबाट मुक्त भएको वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल राजवंशीले बताए।

images
images

उनका अनुसार दश मिनेट लाग्ने पाँच सय मिटरको दुरीमा रहेको विद्यालय र वडा कार्यालय पुग्न पत्रासिंहवासीले वर्षायाममा एक घण्टा हिँड्नुपर्थ्यो। संघीय सरकारको एक करोड ३० लाख रूपैयाँको लागतमा १३० मिटर लामो झोलुंगे पुल निर्माण गरिएको हो।

images
images

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले आज उक्त पुल उद्घाटन गरे। वि.संं २०७९ माघमा स्थानीय दुर्गा धमलाको अध्यक्षतामा उपभोक्ता समिति बनाएर पुल निर्माण सुरु गरिएको थियो। समितिले निर्धारित मितिभन्दा दुई महिना अगावै पुल निर्माण गरेको वडाध्यक्ष राजंवशीको भनाइ थियो। रासस


प्रकाशित : सोमबार, असोज ८ २०८०१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend