बुधबार, मंसिर २० गते २०८०    

काठमाडौं र भक्तपुरमा एकैदिन सुनचाँदीका गहनासहित १६ लाख बढीको चोरी

images
images
काठमाडौं र भक्तपुरमा एकैदिन सुनचाँदीका गहनासहित १६ लाख बढीको चोरी

सामानहरु चोरी गरी हाल फरार भएका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं- चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन्। प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौं, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन्। प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटनाहरु बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

images
images
images

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले काठमाडौंको घट्टेकुलो चोक नजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घरमा, भक्तपुरकोगठ्ठाघरस्थित अरनीको बस्तीमा बस्ने सबिन निरौलाको कोठा र भक्तपुरको दधिकोट नयाँबस्तीमा सानुमाया चित्रकारको कोठामा चोरी भएको भएको बताए।

images

उनका अनुसार बज्राचायको घरबाट नगद एक लाख ६० हजार, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामान गरी करिब ६ लाख ६६ हजार, निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब एक लाख सात हजार तथा चित्रकारको कोठाबाट करिब नौ लाख ६५ हजार सातसय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।

images

प्रहरीले सामानहरु चोरी गरी हाल फरार भएका व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मेला, पर्व तथा चाडवाड नजिकिदै गएकाले चोरी गर्नेहरु सक्रिय हुने हुँदा आवश्यक सावधानी अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ। रासस

images


प्रकाशित : सोमबार, असोज ८ २०८०१०:२७

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ