शुक्रबार, असोज ४ गते २०८१    
images
images

हुम्लामा खाद्य ढुवानी- ठेक्का कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २ २०७८
images
images
हुम्लामा खाद्य ढुवानी- ठेक्का कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश 

कम्पनीले ढुवानीमा सेटिङ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी परेको थियो।

images
images

काठमाडौं- हुम्लामा १० हजार क्विण्टल खाद्यान्न ढुवानीका लागि भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पुनः सेटिङमा श्रीर्मिका एयर कार्गोलाई नै छनोट गरेको विषयमा परेको मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले तत्काल ठेक्का रोक्का राख्न अन्तरिम आदेश दिएको छ। 

images
images
images

दोस्रोपटकको प्रयासमा धेरै भाडा कबोल गरेको श्रीर्मिका कार्गोलाई ठेक्का दिइएकाले रोकीपाउँ भन्दै  समिट एयरका तर्फबाट परेको मुद्दामा अदालतले अन्तरिम आदेश दिएको हो। अदालतले छलफलका लागि असोज १२ गतेका लागि दुबै पक्षलाई बोलाएको छ। 

कम्पनीले ढुवानीमा सेटिङ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी परेको थियो।

ढुवानीका लागि कम्पनी छनोट प्रक्रिया कानूनसम्मत नभएको हुँदा पुनः मूल्याङ्कन चरणबाट काम थालनी गरी कम्पनी छनोट गर्न सार्वजनिक खरिद पुनरावलोकन समितिले फैसला सुनाएको थियो।

images

यसरी श्रीर्मिक एयर कार्गो छनोट प्रक्रिया कानूनसम्मत नभएको फैसला आउँदा पनि कम्पनीले खाद्यान्न ढुवानीका लागि पुनः श्रीर्मिका एयर कार्गो नै छनोट गरेको छ। कम्पनी छनोटको विषय पुनः विवादमा पर्ने भएको छ। 

यसअघि पनि कम्पनीले सबैभन्दा बढी रकम कबुल गर्ने कम्पनी श्रीर्मिका एयर कार्गो छनोट गरेको थियो। कम्पनी छनोटमा सेटिङ भएको भन्दै समिट एयरले सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेको थियो। उजुरीपछि दुबै पक्षको छलफलबाट समितिले कम्पनी छनोट बदर गर्दै पुन: मूल्याकन गर्दै खाद्यान्न ढुवानीका लागि कम्पनी छनोट गर्न भनेको थियो।

समितिले साथै उजुरी कर्ताको धरौटीसमेत फिर्ता गर्ने निर्णय गरेको थियो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोट विमानस्थलमा १० हजार क्विन्टल खाद्यान्न ढुवानीका लागि भन्दै साउन ४ गते टेन्डर गरेको थियो।

कम्पनीले ४ करोड रुपैयाँभन्दा बढी घोटाला गर्ने गरी टेन्डरमा सेटिङ गरी श्रीर्मिका एयर कार्गोलाई छनोट गर्ने निर्णय गरेको थियो। कम्पनीले सामान ढुवानीका लागि कम्पनी छनोट गरेसँगै समिट एयरले सार्वजनिक खरिद पुनरावलोनक समितिदेखि अख्तियारमा उजुरी गरेको थियो।

यसरी भएको थियो सेटिङ

सुर्खेत विमानस्थलबाट ६ हजार र नेपालगञ्ज विमानस्थलबाट ४ हजार क्विन्टल खाद्यान्न सिमीकोट ढुवानीका लागि गरेको टेन्डरमा सबैभन्दा बढी रकम कबुल गर्ने श्रीर्मिका एयर कार्गोलाई टेन्डर दिने गरी असोज ५ गते निर्णय गरेको थियो।

कम्पनीले खाद्यान्न ढुवानीका लागि सबैभन्दा कम रकम कबुल गर्ने कम्पनीलाई बाइपास गरेर सबैभन्दा बढी रकम कबुल गर्ने कम्पनीलाई टेन्डर दिने गरी आश्य पत्र जारी गरेको थियो।

कम्पनीले खाद्यान्न्न ढुवानीका लागि गरेको टेन्डरमा ४ वटा कम्पनी सहभागी थिए। जसमा सबै भन्दा  कम रकममा सामान ढुवानी गर्ने गरी सिता एयर टेन्डर दाखिला गरेको थियो। तर कम्पनीले सिता एयरलाई नदिएर सबै भन्दा बढी रकम कबुल गर्ने श्रीर्मिका एयर कार्गोलाई दिएको हो।

कम्पनीले गरेका टेन्डर सिता एयर, समिट एयर, तारा एयर र श्रीर्मिका कार्गो सहभागी थिए। टेन्डर सहभागी मध्ये सबैभन्दा कम रकममा सामान ढुवानी गर्ने गरी सिताले कबुल गरेको थियो। सिता एयरले सुर्खेतबाट हुम्ला प्रतिकिलो ६३ रुपैयाँ र नेपालगञ्जबाट हुम्ला ७८ रुपैयाँमा सामान ढुवानी गर्ने गरी टेन्डरमा सहभागी भएको थियो।

यो नै टेन्डर सहभागी अन्य कम्पनीको भन्दा कम रकम हो। सबैभन्दा बढी श्रीर्मिका कार्गोले सुर्खेतबाट प्रतिकिलो १ सय ५ र नेपालगञ्जबाट १ सय १२ रुपैयाँ कबुल गरेको थियो। तर, टेन्डर दिने निर्णय गर्दा १ सय १२ को ठाउँमा १ सय १८ रुपैयाँ बनाइएको थियो। तर कसरी मूल्य बढ्यो भनेर सूचना बाहिर आएपछि कम्पनीले पुनः ११८ रुपैयाँको ठाउँमा ११२ रुपैयाँ नै बनाइको थियो।

समीटले सुर्खेतबाट प्रतिकिलो ९७ र नेपालगञ्जबाट ८९ रुपैयाँ कबुल गरेको थियो। तारा एयरको सुर्खेतबाट हुम्ला ७८ रुपैयाँ ९० पैसा र नेपालगञ्जबाट १ सय १० रुपैयाँ कबुल थियो।


प्रकाशित : बिहीबार , मंसिर २ २०७८१२:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend