सोमबार, असोज ७ गते २०८१    
images
images

इन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

images
सोमबार, असोज ८ २०८०
images
images
इन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो। सो दिन बढी भिडभाड हुने भएकाले व्यवस्थापन समितिले विशेष सुरक्षा बढाएको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट  पाहुना आउने भएका छन्। काठमाडौं महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

images
images
images

महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताए। अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाहुना आउने उनको भनाइ छ।

जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो। ती पाहुनालाई  इन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको उनको भनाइ छ। सबै पाहुनाहरु मंगलबार आइपुग्नेछन्।

जात्राको सुरूको दिन दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गरिने छ। असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो। सो दिन बढी भिडभाड हुने भएकाले व्यवस्थापन समितिले विशेष सुरक्षा बढाएको छ। उक्त दिन एक सय ८० स्वयंसेवक परिचालन गरी जनपथ र सशस्त्र प्रहरी तथा महानगरको प्रहरीले विशेष सुरक्षा दिने छ। जात्रा अवधिमा हुन सक्ने आगलागीको जोखिमलाई ध्यानमा राख्दै वारुणयन्त्रको समेत व्यवस्था गरिएको छ।

images

असोज १५ गते नानिचा याः अर्थात् अन्तिम दिन हनुमानढोका परिसर, प्याफल, नरदेवी, किलाघः, भेडासिंह, वंध (इन्द्रचोक) र मखन क्षेत्रमा सवारी निषेध गरिएको छ। कार्यक्रमअनुसार असोज ९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा लिंगो ठड्याउने ठड्याउने, असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ। त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिंगो ढाल्ने कार्यक्रम छ।

जात्रामा राष्ट्र प्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ। जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ। रासस


प्रकाशित : सोमबार, असोज ८ २०८००९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend