आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कालोबजारी गरेको भन्दै ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाममा सिल

images
सोमबार, असोज ८ २०८०
images
कालोबजारी गरेको भन्दै ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाममा सिल

पछिल्लो समय कालोबजारी बढेको र चिनीमा मनपरी मूल्य निर्धारण भइरहेको गुनासो आइरहेकाले विभागले अनुसन्धान तीब्र बनाइरहेको छ।

images
images

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता स‌ंरक्षण विभागले चिनी कालोबजारी गरेको भन्दै कुलेश्वरको गृहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेको छ। गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको भन्दै विभागले सिल गरेको हो।

images
images
images

गृहेश्वरी ट्रेडलिंकको गोदाममा १४ सय बाेरामा ७० हजार किलो चिनी भण्डारण गरिएको थियो। विभागले उक्त चिनी बरामद गरिसकेको छ। विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको छ।

images
images

गृहेश्वरी ट्रेडलिंकले उद्योगहरूबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकबिना नै महँगो मूल्यमा बिक्री गरेको भन्दै विभागमा उजुरी परेको थियो। उजुरीपछि विभागले अनुसन्‍धान अघि बढाएको हो। 

images
images

पछिल्लो समय कालोबजारी बढेको र चिनीमा मनपरी मूल्य निर्धारण भइरहेको गुनासो आइरहेकाले विभागले अनुसन्धान तीब्र बनाइरहेको महानिर्देशक चिलुवालले बताएका छन्। 

 


प्रकाशित : सोमबार, असोज ८ २०८००८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend