शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

धेरै लाभांश घोषणामा महिला लघुवित्त पहिलो, नेशनल माइक्रोफाइनान्स दोस्रो, २९ संस्था कुनको कति? 

images
शुक्रबार, मंसिर ३ २०७८
images
images
धेरै लाभांश घोषणामा महिला लघुवित्त पहिलो, नेशनल माइक्रोफाइनान्स दोस्रो, २९ संस्था कुनको कति? 
images
images

काठमाडौं- अघिल्लो आर्थिक वर्षको मुनाफाबाट अधिकांश लघुवित्तहरूले लाभांश घोषणा गरेका छन्। घोषणा गरेकामध्ये सर्वाधिक लाभांश दिनेमध्येमा महिला लघुवित्त वित्तीय संस्था अगाडि रहेको छ।

images
images
images

संस्थाले महिला लघुवित्तको असोज २२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको ४५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

हालसम्म धोरै लाभांश घोषणा गर्ने दोस्रोमा नेशनल माइक्रोफाइनान्स लघुवित्त रहेको छ। २०७७/७८ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई ४० प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागिसमेत ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

images

माहुली लघुवित्तले पनि लाभांश घोषणा गरेको छ। संस्थाको १ सय २० बैंठकको निर्णयले २०७७/७८ को मुनाफाबाट २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४ सय ४० रुपैयाँ सेयर लाभांश प्रस्ताव गरेको हो।

images

आरएसडिसी लघुवित्तको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयर धनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको असोज १७ गते, आइतबार बसेको संञ्चालक समितिको बैठकले गतआर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको ३२ दशमलव ३० प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

त्यस्तै ग्लोबल आइएमई लघुवित्तको असोज १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको २८ प्रतिशत सेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ।

स्वावलम्बन लघुवित्तको असोज २१ गते, बिहीबार बसेको संञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको १९ प्रतिशत सेयर लाभांश र ६ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सबैको लघुवित्तको असोज १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको ३१ दशमलव ०५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि १ दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको २५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको २५ प्रतिशत सेयर लाभांश वितरण गर्ने घोषणा गरेको हो।

डिप्रोक्स लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि सहित १ दशमलव ०५३ प्रतिशत नगद गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

आशा लघुवित्त वित्तीय संस्था अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत सेयर लाभांश वितरण गरेको छ भने जस मध्ये १ दशमलव ३१ प्रतिशत नगद गरी कूल वित्तीय संस्थाले २६ दशमलव ३१ प्रतिशत लाभांश घोषणा गरेको हो। त्यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत सेयर लाभांश वितरण गरेको छ भने ७ दशमलव ३६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

सिभिल लघुवित्तले पनि अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई २० प्रतिशत सेयर लाभांश दिएको छ, जसमध्ये १९ प्रतिशत सेयर लाभांश रहेको छ भने १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव संस्थाले गरेको छ। 

एनआइसी एशिया लघुवित्तले पनि आफ्नो सेयर धनीहरूलाई २८ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ। संस्थाले चालुआर्थिक वर्षको नाफाबाट सो बराबरको लाभांश दिने घोषणा गरेको  हो।

साधना लघुवित्त वित्तीय संस्थाको अघिल्लो वर्षको मुनाफाबाट २५ प्रतिशत सेयर लाभांश कम्पनीले दिएको छ भने १ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने भएको छ। जम्मा संस्था २६ दशमलव ३२ प्रतिशत लाभांश दिने भएको हो। त्यसैगरी नेरुडे लघुवित्त वित्तीय संस्थाले पनि आघिल्लो आर्थिक वर्षको मुनाफाबाट कूल २२ दशमलव ६१ प्रतिशत दिने भएको छ।

संस्थाले सेयर लाभांश २१ दशमलव ४८ प्रतिशत र १ दशमलव १३ प्रतिशत नगद लाभांश दिने भएको हो। समता लघुवित्त वित्तीय संस्थाले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत सेयर लाभांश गरी कूल २५ प्रतिशत अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना सेयर धनीहरूलाई छुट्याएको छ। 

गणपति लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ। अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत सेयर लाभांश १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

उन्नती लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कूल ३२ प्रतिशत सेयर लाभांश दिने भएको छ भने सर्पोट लघुवित्त वित्तीय संस्थाले कूल ३१ प्रतिशत बोनस  सेयर दिने भएको छ। १ दशमलव ५७ प्रतिशत नगद  लाभांश दिने भएको हो। 

त्यसैगरी बिजय लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट  आफ्ना  सेयर धनीहरूलाई २० दशमलव ०३ प्रतिशत सेयर लाभांश र १ दशमलव ०५ प्रतिशत नगद लाभांशगरी कूल २१ दशमलव ८ प्रतिशत लाभांश प्रस्तुत गरेका छन्। त्यसैगरी छिमेकी लघुवित्त वित्तीय संस्थाले पनि अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कूल ३० प्रतिशत लाभांश घोषणा गरेको छ। ३ प्रतिशत  नगद लाभांश र सेयर लाभांश र २७ प्रतिशत प्रस्ताव गरेको हो।

कहिले आउला लगानीकर्ताको खातामा?
कम्पनीहरूले लाभांश प्रस्ताव गरेपछि लगानीकर्ताहरूको खातमा कहिले जम्मा हुने छ भन्ने जिज्ञासा रहेको छ।

राष्ट्र बैंकले कम्पनीहरूको प्रस्तावलाई अध्ययन गरी चुक्ता पुँजी लाभांश दिनसक्ने क्षमतालाई अध्ययन गरेर बैंकको स्वीकृतिपछि कम्पनीको साधारणसभाबाट पारित भएपश्चात् लगानीकर्ताको खातामा नगद जम्मा हुने छ भने सेयर लाभांश डिम्याट खातमा जम्मा हुने छ।

कसको कति?

संस्थाको नाम सेयर लाभांश नगद लाभांश कुल लाभांश
आरएस डिसि लघुवित्त वित्तीय संस्था १० प्रतिशत ०.५२ प्रतिशत १०.५२ प्रतिशत
महिला लघुवित्त वित्तीय संस्था ४५ प्रतिशत ५ प्रतिशत ५० प्रतिशत
स्वावलम्बन लघुवित्त वित्तीय संस्था १९ प्रतिशत ६ प्रतिशत २५ प्रतिशत
ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था २८ प्रतिशत २८ प्रतिशत
सबैको लघुवित्त वित्तीय संस्था ३१.०५ प्रतिशत १.६३ प्रतिशत ३२.६८ प्रतिशत
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था २८ प्रतिशत २८ प्रतिशत
आशा लघुवित्त वित्तीय संस्था २५ प्रतिशत १.३१५७८९४ २६.३१५७८९४
लक्ष्मी लघुवित्त वित्तीय संस्था २० प्रतिशत ७.३६८४२१ २७.३६८४२१
सिभिल लघुवित्त वित्तीय संस्था १९ प्रतिशत १ प्रतिशत २० प्रतिशत
गुँरास लघुवित्त वित्तीय संस्था १६.९० प्रतिशत ०.८८९ १७.७८ प्रतिशत
डिप्रोक्स लघुवित्त वित्तीय संस्था २० प्रतिशत १.०५३ २१.०५३
मिरर्मिरे लघुवित्त वित्तीय संस्था २० प्रतिशत २० प्रतिशत
स्वरोजगार लघुवित्त वित्तीय संस्था २५ प्रतिशत २५ प्रतिशत
नाडेप लघुवित्त वित्तीय संस्था २० प्रतिशत १.०५३ प्रतिशत २१.०५३
माहुली लघुवित्त वित्तीय संस्था २६ प्रतिशत २६ प्रतिशत
स्वाभिमान  लघुवित्त वित्तीय संस्था ३२.३० प्रतिशत १.७० प्रतिशत ३४ प्रतिशत
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था १७ प्रतिशत १७ प्रतिशत
एनएमबी लघुवित्त वित्तीय संस्था २१ प्रतिशत १.१३ प्रतिशत २२.६३ प्रतिशत 
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था ३२ प्रतिशत ३२ प्रतिशत
सर्पोट लघुवित्त वित्तीय संस्था ३० प्रतिशत १.५७८९४७३६३६ ३१.५७८९४७३६३६
गणपति लघुवित्त वित्तीय संस्था १९ प्रतिशत १ प्रतिशत २० प्रतिशत
समता लघुवित्त वित्तीय संस्था २० प्रतिशत ५ प्रतिशत २५ प्रतिशत
नेरुडे लघुवित्त वित्तीय संस्था २१.४८७५९७६५३१ १.१३०९२६१९२३ २२.६१८५२३८४
साधना लघुवित्त वित्तीय संस्था २५ प्रतिशत १.३२ २६.३२ प्रतिशत 
मेरो  माइक्रो फाइनान्स २० प्रतिशत १.०५ प्रतिशत २१ प्रतिशत
विजय लघुवित्त वित्तीय संस्था २० दशमलव ०३१ .०५ प्रतिशत २१.०८ प्रतिशत 
छिमेक लघुवित्त वित्तीय संस्था २७ प्रतिशत ३ प्रतिशत ३० प्रतिशत
नेशनल माइक्रोफाइनान्स लघुवित्त ४० प्रतिशत ५ प्रतिशत ४५ प्रतिशत


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०१:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend