शुक्रबार, असोज ४ गते २०८१    
images
images

राष्ट्रिय भुक्तानी स्विचमा जोडिने पहिलो बैंक बन्यो नबिल 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २ २०७८
images
images
राष्ट्रिय भुक्तानी स्विचमा जोडिने पहिलो बैंक बन्यो नबिल 

राष्ट्रिय भुक्तानी स्विचमा जोडिने नबिल पहिलो बैंक हो। 

images
images

काठमाडौं- नबिल बैंक नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को राष्ट्रिय भुक्तानी स्विचमा जोडिएको छ। 

images
images
images

एनसीएचएल केहीदिन अघिमात्रै पहिलोचरणको स्विच सेवा सञ्चालनको अनुमति पाएको थियो। 

राष्ट्रिय भुक्तानी स्विचमा जोडिने नबिल पहिलो बैंक हो। 

नेपाल राष्ट्र बैंकले एनसीएचएललाई पहिलो चरणको स्वीच सेवा सञ्चालनको अनुमति दिएको हो। राष्ट्र बैंकले यसअघि नै एनसीएचएललाई सेवा सञ्चालनको पूर्वस्वीकृति दिएको थियो। 

images

भुक्तानी स्विच भनेको विभिन्न थरीका सेवाप्रदायकबाट हुने भुक्तानीलाई एकरूपता दिने बाटो हो। बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी, वालेट तथा भुक्तानी सेवाप्रदायकहरूले एउटै बाटोबाट भुक्तानी गर्न पाउनेछन्। 

यो सेवामा जोडिनका लागि त्यस्ता सेवाप्रदायीहरू यो स्विचमा जोडिन पाउनेछन्। 

एनसीएचएलले अहिले पाएको अनुमति भनेको कार्ड बाहेकको स्विच अनुमति हो। डिजिटल भुक्तानीको स्विच सेवा दिनका लागि अहिले काम सुरु हुने छ। अर्को चरणमा कार्डको पनि स्विच हुने प्रधानले जानकारी दिए। 

हाल विभिन्न भुक्तानी सेवा सञ्चालकहरूले आफ्नो छुट्टै स्विच बनाइरहेका छन्। भिन्न भिन्न स्वीच हुँदा लागत धेरै हुन्छ। यसले गर्दा भुक्तानी लागत महँगो पर्न जान्छ। एउटै स्विचमा धेरै सेवाप्रदायक जोडिएपछि लागत न्यून पर्न गइ अन्तत: उपभोक्ता लाभान्वित हुनेछन्। 

हाल विभिन्न कम्पनीका फरक फरक क्युआर स्क्यानिङ भुक्तानी सेवा छन्। यस्ता सेवा पनि एनसीएचएलको स्विचमा जोगिनसक्ने छन्। यो स्विचमा जोडिएपछि उपभोक्तासँग जुनसुकै सेवा र मर्चेन्टमा जसको टर्मिनल भएपछि भुक्तानी सम्भव हुन्छ। 

त्यस्तै एउटा वालेटबाट अर्को वालेटमा पनि कारोबार सहज र सुलभ हुनेछ। 


प्रकाशित : बिहीबार , मंसिर २ २०७८११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend