सोमबार, असोज ७ गते २०८१    
images
images

नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको छ : प्रधानमन्त्री दाहाल

images
आइतबार, असोज ७ २०८०
images
images
नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको छ : प्रधानमन्त्री दाहाल
images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताएका छन्।

images
images
images

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार बेइजिङमा आयोजित नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेको बताउँदै लगानी गर्न आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल-चीन बिजनेस समिटमा नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए।

उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधैँ तत्पर रहेको बताए। कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यबिना समृद्ध नहुने उनको भनाइ छ। 

images

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको उनले बताए। नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने पनि प्रधानमन्त्री दाहालले बताए। 

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटमा चिनिया वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए। नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनले बताए। उनले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने पनि बताए।

समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अवसर सिर्जना गर्न पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए। महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए।

पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै: केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए। नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले नेपाललाई प्राथमिकतामा राख्न  पनि चीन सरकारले आग्रह गरे।

नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिए। अध्यक्ष ढकालले दुई देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनिया बैंकको आवश्यकता रहेको बताए। चिनिया बैंक शाखाको रुपमा वा नेपालीसँगको संयुक्त लगानीमा आउन सक्ने उनले बताए।

सीसीपीआईटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिटले द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए। उनले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सीसीपीआईटीले सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। 


प्रकाशित : आइतबार, असोज ७ २०८०११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend