सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पूर्वाधार विकास समितिले तयार पार्‍यो भावी कार्ययोजनाको खाका, मेलम्ची खानेपानी आयोजना तत्काल सञ्चालन गर्न निर्देशन

images
आइतबार, असोज ७ २०८०
images
पूर्वाधार विकास समितिले तयार पार्‍यो भावी कार्ययोजनाको खाका, मेलम्ची खानेपानी आयोजना तत्काल सञ्चालन गर्न निर्देशन
फाइल तस्बिर

समितिको कार्ययोजना अनुसार कार्यक्षेत्रमा पर्ने १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एउटाको विस्तृत अध्ययन गरी त्यसका आधारमा अन्य १६ वटा आयोजनाको अनुगमन गरिने भएको छ।

images
images

काठमाडौं- प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले भावी कार्ययोजनाको खाका तयार पारेको छ। समितिको आज बसेको बैठकले समितिको भावी कार्ययोजनाको खाका तयार पारेको हो। 

images
images
images

समितिको कार्ययोजना अनुसार कार्यक्षेत्रमा पर्ने १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एउटाको विस्तृत अध्ययन गरी त्यसका आधारमा अन्य १६ वटा आयोजनाको अनुगमन गरिने भएको छ।

images
images

मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरी तत्काल सञ्चालनका लागि निर्देशन दिने निर्णय पनि आजको बैठकले गरेको छ।

images
images

समितिले ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभर, टेकुको पक्की पुल, सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन, काठमाडौं उपत्यकामा दोस्रो चरणमा विस्तार भएका सडक आयोजना, मुग्लिन-नारायणघाट सडकखण्डलगायत आयोजनाको पनि अनुगमन गरी सरोकार भएका निकायलाई निर्देशन दिने सभापति दीपकबहादुर सिंहले बताए।
 
बैठकमा सांसदहरु प्रदीप पौडेल, माधव सापकोटा, निशा डाँगी, प्रेमबहादुर महर्जन, प्रतिमा गौतम, उर्मिला माझीलगायतले समितिको कार्यक्षेत्रमा पर्ने विषयमा अब नियमित छलफल गरी सरकारी निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए। रासस


प्रकाशित : आइतबार, असोज ७ २०८०१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend