काठमाडौं- नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिक्का टकमरी सुरू गरेको छ। सुन्धाराबाट बबरमहलमा महाशाखा सरेपछि महाशाखाले सिक्का टकमरी सुरू गरेको हो।
राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित मेडालियन सिक्का टकमरी गरेको छ। सिक्काको अर्को भागामा त्रिशुलसहितका अन्य चिन्ह उल्लेखित गरिएका छन्।
दर उल्लेख नभएको सिक्कालाई मेडालियन भनिन्छ।
राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामका चाँदीका सिक्का ल्याएको हो। १० ग्रामको सि्काको १ हजार ६ सय रुपैयाँ पर्ने५ भने २५ ग्रामको ४ हजार रुपैयाँ पर्नेछ।
यी दुबै सिक्कामा ९९९ टचको चाँदी प्रयोग गरिएको राष्ट्र बैंकले जानकारि दिएको छ। सर्वसाधारणले यी सिक्का खरिद गर्न चाहेमा महाशाखामा सम्पर्क गर्नसक्नेछन्।