सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

दुई महिनामा ४१ करोडको सिमेन्ट निर्यात 

images
आइतबार, असोज ७ २०८०
images
images
दुई महिनामा ४१ करोडको सिमेन्ट निर्यात 

जति धेरै निर्यात उति धेरै सहुलियत पाइने भएपछि उद्योगीहरूले निर्यातमा जोड दिन थालेका छन्। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको दुई महिनामा नेपालबाट  ४१ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार यो वर्षको साउन र भदौमा ३ लाख ३८ हजार ४०८ टन निर्यात भएको छ। 

images
images

यो दुई महिनामा कूल ४१ करोड ८४ लाख ८६ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो। गत वर्षदेखि नेपालबाट सिमेन्ट निर्यात सुरू भएको थियो। 

images
images

निर्यातमा अनुदान दिने सूचीमा सिमेन्टलाई पनि समावेस गरेपछि पछिल्लो समय निर्यात हुन थालेको छ। जति धेरै निर्यात उति धेरै सहुलियत पाइने भएपछि उद्योगीहरूले निर्यातमा जोड दिन थालेका छन्। 

images
images
images

भारतमा व्यापारिक सञ्जाल भएका उद्योगिहरूले पछिल्लो समय बजारीकरणलाई तीव्रता दिएका छन्। उत्पादन लागत अझै घटाउन सकिएमा निर्यात अझै बढ्नसक्ने उद्योगीहरूले बताउँदै आएका छन्। 


प्रकाशित : आइतबार, असोज ७ २०८००८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend