सोमबार, असोज ७ गते २०८१    
images
images

दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै कर्णाली प्रदेश सरकार

images
आइतबार, असोज ७ २०८०
images
images
दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै कर्णाली प्रदेश सरकार

दुई नमुना बस्ती निर्माणका लागि कर्णाली प्रदेश सरकारले २८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

images
images

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा पर्यटकीय केन्द्रमा नमुना बस्ती निर्माण गर्ने भएको छ। 

images
images
images

आफ्नो बजेट कार्यक्रममा नै कर्णालीका विभिन्न पर्यटकीय ठाउँमा नमुना बस्ती निर्माण गर्ने योजना अगाडि सारिएको हो। संघीय सरकारसँगको सहकार्यमा नमुना बस्ती निर्माण गरिने जनाइएको छ । 

त्यसअन्तर्गत संघीय सरकारसँगको संयुक्त लगानीमा डोल्पाको शे-फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन बस्ती रिङ्मोलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीका रूपमा रूपान्तरण गर्ने योजना अगाडि सारिएको छ। नेपालको अद्वितीय प्राकृतिक तथा धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न रिङ्मो बस्ती विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। त्यसका लागि १० करोड रूपैयाँ बजेट विनियोजन गरिएको सरकारले जनाएको छ। 

यस्तै संघ तथा प्रदेश सरकारको सह-लगानीमा हुम्लाको सदरमुकाम सिमकोटको पूर्वाधार विकास गरी मानसरोवर तथा कैलाशद्वारका रुपमा थप विकास गर्नेगरी कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ। 

images

नेपालको एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हुम्लाको खार्पु सिमकोट (मानसरोवर प्रवेशद्वार) मा पनि नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रमका सञ्चालन गरिने छ भने त्यहाँ नमुना बस्ती निर्माण गरिने जनाइएको छ। त्यसका लागि १८ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।

यसैबीच प्रदेश सरकारले संघीय सरकारको सहकार्यमा दलित, विपन्न र सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको आवास निर्माणमा सहयोग गर्न सञ्चालित जनता आवास कार्यक्रमलाई अझै प्रभावकारी बनाउने गरी काम थालनी हुने दाबी गरेको छ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारका मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माण गर्ने सरकारको लक्ष्य छ। प्रदेशभित्र सुरक्षित, व्यवस्थित र वातावरणमैत्री एवम् अपांगमैत्री भवन निर्माण गर्नका लागि भवनसँग सम्बन्धित कानून, संहिता तथा मापदण्ड तर्जुमा कार्य सुरु गरिएको छ।

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासका लागि यस वर्ष दश अर्ब ११ करोड ४२ लाख रूपैयाँ विनियोजन गरेको जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज ७ २०८००६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend