बुधबार, मंसिर २० गते २०८०    

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

images
images
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आइतबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको छ।

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय ५० रूपैयाँ कायम छ।

images

चाँदी आज प्रतितोला एक हजार चार सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

images

 

images


प्रकाशित : आइतबार, असोज ७ २०८००५:०२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ