बुधबार, मंसिर २० गते २०८०    

सहजपुर-बोगटान सडक : पाँच वर्षमा ९२ प्रतिशत काम

images
images
सहजपुर-बोगटान सडक : पाँच वर्षमा ९२ प्रतिशत काम

एक वर्षभित्र सडक निर्माणको सबै काम पूरा गर्ने निर्माण कम्पनीको दाबी छ।

कैलाली- सहजपुर-बोगटान सडक कालोपत्र गर्न सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन। निर्माणाधीन सहजपुर-बोगटान सडकको भौतक प्रगति ९२ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ।

images
images
images

क्षेत्राधिकारको विवाद र चट्टानका कारण सडक निर्माण लम्बिएको आयोजना ठेकेदार कम्पनीका इन्जिनियर अशोक मल्लले बताए। उनले सडक निर्माणका लागि विभिन्न बाधा व्यवधानका कारण लम्बिँदै गएको जानकारी दिए।

images

विसं २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बढीकेदारसम्म ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो। तर सम्झौताको पाँच वर्षसम्म पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन।

images

एक वर्षभित्र सडक निर्माणको सबै काम पूरा गर्ने निर्माण कम्पनीको दाबी छ। कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० दशलमव २७ किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर-कुमार जेभीसँग सम्झौता गरिएको थियो।

images

सम्झौतानुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँ-बायाँ एक-एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नुपर्ने हो। तर निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाइएको छ।

एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो सडक आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ। 

विसं २०४३ देखि सहजपुर-विपीनगर-बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु गरिएको थियो। कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको विपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ। रासस


प्रकाशित : आइतबार, असोज ७ २०८००४:५१

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ