सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

बेइजिङमा नेपाल-चीन बिजनेस समिट हुँदै, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने 

images
आइतबार, असोज ७ २०८०
images
बेइजिङमा नेपाल-चीन बिजनेस समिट हुँदै, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने 

समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका बिषयमा आफ्नो धारणा राख्नेछन्।नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए। 

images
images

काठमाडौं- द्विपक्षीय व्यापार प्रवर्द्धन र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले चीनको राजधानी बेइजिङमा  नेपाल चीन बिजनेस समिट हुँदैछ। 

images
images
images

नेपाली तथा चिनिया व्यवसायीहरू सहभागी हुने उक्त समिटलाई चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्। चिनिया लगानीकर्तलाई नेपालमा लगानीका लागि आव्हान गर्दै उनले सम्बोधन गर्नेछन्। 

images
images

नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा बेइजिङमा उक्त समिट आयोजना हुँदैछ। 

images
images

समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता रहनेछ । नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउँदैछन् । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता रहनेछ । उक्त समिट पूर्व बिजनेस टु बिजनेस वैठक पनि राखिएको छ ।

समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका बिषयमा आफ्नो धारणा राख्नेछन्।नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए। 


प्रकाशित : आइतबार, असोज ७ २०८००४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend