शुक्रबार, असोज ४ गते २०८१    
images
images

अवरुद्ध त्रिवेणी-ताम्ती सडक सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २ २०७८
images
images
अवरुद्ध त्रिवेणी-ताम्ती सडक सञ्चालन

२० किमि सडकमध्ये बाढीले ४०० मिटर सडक पूरै कटान गरेको थियो। मान्छे हिँड्ने बाटोसमेत थिएन।

images
images

खलंगा- जुम्ला-जाजरकोट सडकको त्रिवेणी-ताम्ती खण्ड सञ्चालनमा आएको छ। गत कात्तिक पहिलो साता भएको अविरल वर्षापछि आएको बाढीले कटान गरेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।

images
images
images

बाढीले जुम्ला-जाजरकोटको करिब २० किलोमिटर सडकमा क्षति गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। बाढीले करिब ४०० मिटर सडक कटान गरेको थियो। सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर सो सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी सञ्चालनमा ल्याएको सडक डिभिजन जुम्लाका इञ्जीनियर सन्तोष भण्डारीले बताए।

उनले भने, 'बीस किमी सडकमध्ये बाढीले ४०० मिटर सडक पूरै कटान गरेको थियो। मान्छे हिँड्ने बाटोसमेत थिएन। हामीले टोप्लासम्म सडकको साइडबाट ट्रयाक खोल्ने काम सकाएका छौँ । अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढाइने छ।'

त्रिवेणीबाट ताम्तीसम्मको ४०० मिटर कटान भएको सडकमा ग्यावियन पर्खाल निर्माण गरिने भएको छ। कटान क्षेत्रमा ग्यावियन पर्खाल निर्माणका लागि गत आवको रु दुई करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ। भेरीखोला क्षेत्रका नागरिकको आवतजावतलाई सहज गर्न तथा खाद्यान्न ढुवानीका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रुतगतिमा अघि बढाएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। 

images

टोप्लासम्म ट्रयाक खोल्ने काम सकिएको र अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढेको छ। साथै नाग्म गमगडी सडकको १० किमी सडक कालोपत्र गर्ने काम पनि अघि बढेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २ २०७८१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend