बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

गणपति ज्वेलर्सको ‘विवाह उत्सव’ : १० लाखभन्दा बढीको गहना किन्ने जोडीलाई पाँचतारे होटलमा राखिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २ २०७८
images
images
गणपति ज्वेलर्सको ‘विवाह उत्सव’ : १० लाखभन्दा बढीको गहना किन्ने जोडीलाई पाँचतारे होटलमा राखिने
images
images

काठमाडौं- विवाहको मौसमलाई लक्ष्य गरेर गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ।

images
images
images

यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपति ज्वेलर्सले मिलाउने छ। ‘विवाह उत्सव’ योजना यो मंसिरदेखि २ महिना चल्ने गणपति ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले जनाएका छन्। 

images

‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्न हामी तमाम ग्राहक वर्गलाई शुभकामनासहितको आग्रह गर्दैछौं,’ बेगानीले भने, ‘गणपतिसँगको विवाह उत्सवले तपाईंलाई जीवनभरको मीठो सम्झना दिनेछ।’ काठमाडौं न्युरोड विशाल बजारको जनसेवासंगै रहेको गणपति ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ। 

images
images
images

गणपति ज्वेलर्सको यस्तो योजनाले नवविवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मिठा सम्झनाहरुको गहनाले पनि सजाउने  विश्वास बेगानीले व्यक्त गरेका छन्।

‘हाम्रो योजनाले आन्तरिक पर्यटन पनि प्रवद्र्धन हुने विश्वास गरेका छौँ। हामी यस्तैयस्तै आकर्षक योजना आगामी दिनहरुमा पनि ल्याउने तयारीमा छौं,’ बेगानीले भने, ‘हाम्रो उद्देश्य नै हाम्रा ग्राहकलाई गुणस्तरीय गरगहना उपलब्ध गराउने र उहाँहरुको जीवनलाई झकिझकाउ बनाउने, खुसी र आनन्ददायी बनाउने हो।’


प्रकाशित : बिहीबार , मंसिर २ २०७८०९:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend