बिहीबार , असोज ३ गते २०८१    
images
images

डिशहोममा नयाँ नेपाली फिल्म मेला, अहिले प्रदर्शनमा झिंगेदाउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ५ २०८०
images
images
डिशहोममा नयाँ नेपाली फिल्म मेला, अहिले प्रदर्शनमा झिंगेदाउ
images
images

काठमाडौं- वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र प्रदर्शन भइरहेको छ। विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन्।

images
images
images

अहिले केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र झिंगेदाउ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज ५ गते देखि प्रदर्शन भइरहेको छ। 

छक्का पञ्जा ४, प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन्। सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाई मार्फत सेवा लिएर चलचित्र हेर्न सकिन्छ। 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिने कम्पनीले जनाएको छ। 

images

३ महिना अथवा  एक हजार वा सो भन्दा माथिको रिचार्जमा ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार वा सो भन्दा माथिको रिचार्जमा ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन्।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोबाइल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ।

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ। 

डिशहोमको यो प्रयासले सपरिवार संगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ। यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको जनाएको छ। 


प्रकाशित : शुक्रबार, असोज ५ २०८०१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend