बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

माथिल्लो तामाकोशी  राष्ट्रिय ग्रिडमा जोडिएपछि नेपाल बिजुलीमा आत्मनिर्भर

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
images
images
माथिल्लो तामाकोशी  राष्ट्रिय ग्रिडमा जोडिएपछि नेपाल बिजुलीमा आत्मनिर्भर

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते आयोजनाको उद्घाटन गरे पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन। 

images
images

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ। सो आयोजनाको कस्ल ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै दुई हजार मेगावाट पुगेको छ।

images
images

गत असार २१ गते आयोजनाको उद्घाटन गरिए पनि पूर्ण क्षमतामा चल्न सकेको थिएन। उद्घाटनका दिन एकाध मिनेट सात मेगावाट मात्रै बिजुली उत्पादन गरेको आयोजना अनेकन प्राविधिक परीक्षणपछि बल्ल आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।

images
images

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश बिजुलीमा आत्मनिर्भर भएको जानकारी दिए। 

images
images

“हाम्रो कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ”, उनले भने। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते आयोजनाको उद्घाटन गरे पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन। 

उद्घाटन भएको दुई महिनापछि मात्रै आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गरेको उनले जानकारी दिए। बिजुली पूर्ण रुपमा खपत हुन नसक्दा रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर जाने अवस्था सिर्जना भएको छ। यस्तै दिउँसो समेत २०० देखि ३०० मेगावाटसम्म बिजुली जगेडामा रहेको छ। जगेडामा रहेको बिजुली भारत निर्यातका लागि पहल भइरहेको भए पनि हालसम्म तार्किक निष्कर्ष निस्कन सकेको छैन। बिजुली खेर जाँदा प्राधिरकणलाई हाल दैनिक चार करोड रुपैयाँ बराबरको घाटा हुने गरेको छ। खेर गएको बिजुलीको खपत बढाउनका लागि भइरहेको पहलसमेत सार्थक हुनसकेको छैन।

प्राधिकरणले माथिल्लो तामाकोशीको ४५६ मेगावाट र भोटेकोशीको ४५ मेगावाट बिजुली भारत निर्यात गर्ने प्रस्ताव गरेको छ। प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रका १०८ आयोजनाले झण्डै ८१५ मेगावाट बिजुली उपलब्ध गराइरहेका छन्। वर्षायाम भएकाले पनि नदीमा जलस्तर उल्लेख्य रुपमा रहेकाले निजी क्षेत्रका आयोजनाले पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेका छन्।

प्राधिकरणका आफनै २२ आयोजनाले बिजुली उत्पादन गरिरहेका छन्। मर्मतका नाममा लामो समयदेखि बन्द रहेको माथिल्लो त्रिशूली थ्री ए को ६० मेगावाट प्रणालीभन्दा बाहिर छ। प्राधिकरणको प्रणालीमा उपलब्ध बिजुलीमध्ये एक हजार ५४२ मेगावाट बराबरको बिजुली मात्रै खपत भइरहेको छ। आर्थिक वर्ष २०७६/७७ मा कूल एक हजार ३५० मेगावाट बिजुली उत्पादन हुने गरेकामा माथिल्लो तामाकोशी जोडिएपछि क्षमता बढेर एक हजार ९०० मेगावाटभन्दा माथि पुगेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी अनेकन हण्डर, ठक्कर व्योहोरेरे तोकिएको समयभन्दा झण्डै पाँच वर्ष ढिला सम्पन्न भएको छ। नेपाली लगानीमा निर्माण गरिएको आयोजनाको सुरुआती लागत ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। लागत बढेर ८४ अर्ब पुगेको छ। त्यसमा ब्याज मात्रै  ३२ अर्ब रहेको छ। रासस

 


प्रकाशित : सोमबार, भदौ २१ २०७८१५:२३
  • सम्बन्धित विषय:

  • # बिजुली
  • # तामाकोशी
  • # कुलमान
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend