बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नेपालमा लगानी भित्र्याउन पहल लिन गैरआवासीय नेपाली संघलाई अध्यक्ष ढकालको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ४ २०८०
images
images
नेपालमा लगानी भित्र्याउन पहल लिन गैरआवासीय नेपाली संघलाई अध्यक्ष ढकालको आग्रह
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैर आवासीय नेपाली संघलाई आग्रह गरेका छन्।

images
images

नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली सङ्घको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य उद्योग लगायत धेरै क्षेत्रमा लगानी विस्तारकाे प्रचुर सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी जुटाउन तथा प्रविधि भित्राउन गैरआवासीय नेपाली संघले मुलुक बाहिरबाट विशेष पहल गर्न सक्ने बताए।

images
images

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले गैर आवासीय नेपालीहरूसंगको सहकार्यमा आइएमई ग्रुपले जलविद्युत् पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताउँदै नेपालमा धेरै र नयाँ सम्भावनाहरु रहेको र तिनीहरुमा लगानी र प्रविधि भित्राउन सकियो भने त्यसबाट आफ्नो मातृभूमिलाई योगदान गर्नुका साथै यथोचित फाइदा समेत लिन सकिने बताए।

images
images

नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली सङ्घ बीच सुमधुर सम्बन्ध रहेको बताउँदै महासंघले गैरआवसीय नेपालीलाई नेपालमा उपयुक्त साझेदार छनौटको लागि समेत सहयोग गर्न सक्ने बताए।

उनले पर्यटन पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, केबलकार, रिजोर्ट तथा थिम पार्कहरुमा लगानी प्रवद्र्धनसँगसँगै प्रत्येक लगानीकर्तालाई नाफाको हिस्सेदार बनाउन सकिने प्रतिबद्धता समेत व्यक्त गरे।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो मातृभूमिमा लगानी गरी रोजगारी सृजना गर्ने तथा उचित मुनाफा कमाउने अवसरहरु छोप्न गैर आवासीय नेपाली संघका‌ साथीहरू तयार हुनुहुन्छ भन्ने विश्वास लिएकाे बताए।

उनले उद्यमशीलता मार्फत नेपाललाई समृद्ध बनाउने यात्रामा गैर आवासीय नेपाली संघ र महासंघसँगसँगै अघि बढ्न र नेपालको सम्मृद्धि र समुन्नतिसँग जोडिएको विश्वभर रहेका नेपालीहरुको सम्मान र सपना साकार पार्न सबैले पहल गर्नुपर्ने बताए।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानले आयोजना गरेको उक्त कार्यक्रममा १०० जनाभन्दा बढी गैरआवासीय नेपालीहरूको उपस्थिति रहेको थियो।


प्रकाशित : बिहीबार , असोज ४ २०८००९:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend