शुक्रबार, असोज ४ गते २०८१    
images
images

स्वास्थ्यमन्त्री खतिवडासँगै शिक्षण अस्पतालको खोप केन्द्र गए अमेरिकी सहायक विदेशमन्त्री लु

images
बिहीबार , मंसिर २ २०७८
images
images
स्वास्थ्यमन्त्री खतिवडासँगै शिक्षण अस्पतालको खोप केन्द्र गए अमेरिकी सहायक विदेशमन्त्री लु

फाइजरको खोप ल्याउन भुक्तानिका लगि सरकारबाट निर्णय भइसकेको छ।

images
images

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गरेका छन्।

images
images
images

बिहीबार स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लुको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गरेका हुन्।

खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताए। उनले फाइजरको खोप ल्याउन भुक्तानिका लगि सरकारबाट निर्णय भइसकेको पनि बताए।

मन्त्री खतिवडाले अबको एक महिनाभित्र नेपालको हरेक भागमा खोप लगाइने बताए। उनले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताए। मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिवद्धतासमेत जनाए।

images

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालीहरूलाई कोरोनाविरुद्धको भ्याक्सिन सहयोग गर्न पाएकोमा खुशी रहेको धारणा राखे। उनले फाइजर भ्याक्सिनले दीर्घरोगीहरूलाई कोरोनाबाट सुरक्षित राख्ने र कोरोनाविरुद्धको लडाइँमा अहोरात्र खटिएका डाक्टर, नर्स र हेल्थ वर्कर्सहरू नै वास्तविक हिरो भएको बताए। सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरे।

‘अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन नेपालीहरूलाई सहयोग गर्न पाएकोमा हामीलाई खुशी लागेको छ, फाइजर भ्याक्सिनले दीर्घरोगीहरूलाई कोरोनाबाट सुरक्षित राख्छ, डाक्टर, नर्स र हेल्थ वर्कर्सहरूले नै हाम्रो जीवन सुरक्षित राख्ने हो, उहाँहरू रियल हिरो हो, बालबालिकाहरूका लागि यो खोप एकदमै सुरक्षित छ, ढुक्क भएर लगाउन अनुरोध गर्दछु’ उनले भने।

मन्त्री लुले नेपाललाई आगामी दिनमा सहयोग गरिरहने बताउँदै नेपालले मागेको कोरोनाविरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रतिवद्धता जनाए। अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक ८ गते काठमाडौँ आएको थियो। सो खोपको पहिलो मात्रा दीर्घरागी र १२ वर्षमाथिका बालबालिकाहरूलाई गत कात्तिक २८ गतेबाट लगाउन सुरु गरिएको छ।


प्रकाशित : बिहीबार , मंसिर २ २०७८०८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend