काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। बुधबार तोलामा दुई सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला तीन सय रूपैयाँले घटेको हो। चाँदीको भने तोलामा पाँच रूपैयाँले वृद्धि भएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।