सोमबार, असोज ७ गते २०८१    
images
images

कठारमा स्वच्छ खानेपानी पुर्‍याउँदै खैरहनी नगरपालिका

images
बुधबार, असोज ३ २०८०
images
images
कठारमा स्वच्छ खानेपानी पुर्‍याउँदै खैरहनी नगरपालिका

सो क्षेत्रमा खानेपानी पुर्‍याउन बागमती प्रदेश सरकारसँग सहकार्य गरेर नगरपालिकाले आयोजना अघि बढाउँदैछ।

images
images

चितवन- खैरहनी नगरपालिकाले यस आर्थिक वर्षभित्र सम्पूर्ण नगरवासीलाई स्वच्छ खानेपानी पुर्‍याउने भएको छ। हाल पूर्ण रुपमा खानेपानीको पहुँच नपुगेको कठारमा खानेपानी पुर्‍याएसँगै सबै नगरवासीका लागि स्वच्छ खानेपानी पुग्नेछ।

images
images
images

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाँका अनुसार साबिक कठार गाविस अहिलेको खैरहनी नगरपालिका-१० र ११ पर्दछ। त्यहाँ रहेका दुई हजार पाँच सय घरधुरीमध्ये पाँच सय परिवारले मात्र स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन्।

जीवनपुर खानेपानी आयोजनामार्फत त्यहाँ पानी वितरण हुँदै आएको छ। 'यसै आर्थिक वर्षभित्र कठारका सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउँदैछौँ', प्रमुख खनियाँले भने।

सो क्षेत्रमा खानेपानी पुर्‍याउन बागमती प्रदेश सरकारसँग सहकार्य गरेर नगरपालिकाले आयोजना अघि बढाउँदैछ।

images

अन्य क्षेत्रमा खानेपानीको पहुँच अधिकांश भागमा पुगेको छ। कुनै ठाउँमा छिटपुट नपुगेको भए त्यहाँसमेत खानेपानी पुर्‍याएर पूरै नगरलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने उनले बताए।

नगरपालिका-१ ज्यामिरेमा केही भागमा खानेपानी पुग्न बाँकी रहेको छ। खानेपानीको पाइप नपुगेका उपशाखाहरुमा खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरेर पाइपलाइन विस्तार गरी पानी पुर्‍याइँदै छ।

कतिपय घरहरुमा मानिस नभएकाले खानेपानी जोड्न बाँकी रहेको छ। नगरभित्र अहिले ८० प्रतिशत घरमा स्वच्छ खानेपानी पुगेको उनले जानकारी दिए। उनले भने, 'यस वर्ष सबै घरमा खानेपानी पुर्‍याएपछि हामी विपन्न परिवारलाई लक्षित गरी लिटर तोकेर निःशुल्क गर्नेछौँ।'

नगरभित्र रहेका खानेपानी आयोजनाहरुलाई समन्वय गर्ने गरी एउटा समिति निर्माण गरी खानेपानी वितरणलाई व्यवस्थित गरिँदै छ। नगरपालिकाभित्र खैरहनी, भुतिया, कंकाली, पटिहानी, सुन्दर, सिद्धिपुर, जीवनपुर लगायतका खानेपानी आयोजना रहेका छन्। तीमध्ये खैरहनी सबैभन्दा ठूलो खानेपानी आयोजना हो। यसले करिब ६ हजार परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको छ। यसको पूर्ण क्षमता करिब १३ हजार घरपरिवार रहेको छ।

खैरहनी नगरपालिकामा ६७ हजारभन्दा बढी जनसङ्ख्या रहेका छन्। सो मध्ये ३५ प्रतिशत थारू समुदाय रहेका छन्। पछिल्ला वर्षहरुमा तीव्र विकास भइरहेको नगरमध्येको एक नगरपालिका खैरहनी हो। रासस


प्रकाशित : बुधबार, असोज ३ २०८००९:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend