आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कालीकोटमा वर्षा मापन गर्न ‘रेन गज’ जडान

images
बुधबार, असोज ३ २०८०
images
कालीकोटमा वर्षा मापन गर्न ‘रेन गज’ जडान

यो एक स्वचालित प्रणालीबाट सूचना दिने यन्त्र हो। यहाँ जडान गरिएको यन्त्रले मोबाइल एप्लिकेसनमा सूचना दिन्छ।

images
images

मान्म- कालीकोटको नरहरिनाथ गाउँपालिकामा वर्षा मापन यन्त्र (रेन गज) जडान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति र नरहरिनाथ गाउँपालिकाको समन्वयमा नरहरिनाथ-१ स्थित सुनथराली विमानस्थलमा सो यन्त्र जडान गरिएको हो।

images
images
images

‘रेन गज’  जडान हुँदा वर्षाको मापन गर्न सहज हुने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए। 'पहिरोको उच्च जोखिम रहेका स्थानीय तहका बीचमा पर्ने विमानस्थलमा पहिरोको पूर्वसूचना दिने ‘रेन गज’ जडान गरिएको छ', उनले भने, 'यसले पूर्वसूचना दिनेछ।'

images
images

सोलार सिष्टमसहित जडान भएको वर्षा मापन यन्त्रले प्रत्येक १०/१० मिनेटमा मापन केन्द्रको भाँडोमा परेको पानी स्वचालित प्रणालीबाट सर्भरमा गएर रिपोर्ट तयार हुने र वर्षा भएपछि स्थानीयवासीको मोबाइलमा पहिरो अलर्ट एप्लिकेसनमार्फत जानकारी लिन सकिने प्राविधिक शंकर बलामीले बताए।

images
images

'यो एक स्वचालित प्रणालीबाट सूचना दिने यन्त्र हो', उनले भने, 'यहाँ जडान गरिएको यन्त्रले मोबाइल एप्लिकेसनमा सूचना दिन्छ।'

प्लान इन्टरनेसनलले विपद्को क्षेत्रमा काम गर्ने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालमार्फत पाँच लाखको लागतमा रेन गज स्टेसन जडान गराएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ। नरहिरनाथ, सान्नीत्रिवेणी र रास्कोट क्षेत्रमा वर्षा मापन यन्त्र नहुँदा समस्या हुँदै आएको थियो। रासस


प्रकाशित : बुधबार, असोज ३ २०८००७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend