सोमबार, असोज ७ गते २०८१    
images
images

चाडपर्वलक्षित विशेष बजार अनुगमन : ३० फर्मको अनुगमन, कुनलाई कस्तो कारबाही?

images
मंगलबार, असोज २ २०८०
images
images
चाडपर्वलक्षित विशेष बजार अनुगमन : ३० फर्मको अनुगमन, कुनलाई कस्तो कारबाही?

एक व्यवसायिक फर्मले बिक्रीको लागि राखेको चिनी तथा दलहनमध्ये केही बोराहरुमा कैफियत भेटीएकोले थप अनुसन्धानका लागि फर्मको गोदाममा सिलबन्दी गरिएको  जनाएको छ।

images
images

काठमाडौं-  वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सरोकारवाला निकायहरुको समन्वयमा चाडपर्व लक्षित विशेष अनुगमन कार्यक्रमलाई तीब्रता दिएको छ। उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न विभागले बजार अनुगमन गरेको जनाएको छ। अनुगमन असोज १ गतेबाट नै सुरु भएको छ। 

images
images
images

विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालय समेतको संयुक्त सहभागितामा ६ वटा विभिन्न विषयगत टोलीले बजार अनुगमन गरिरहेको छ।

बजार अनुगमनकै क्रममा असोज २ गते  उपत्यका भित्रका क्षेत्रहरुमा दैनिक उपभोग्य खाद्यान्न, माछामासु, औषधीजन्य तथा तरकारीजन्य ३० वटा व्यवसायिक फर्म अनुगमन भएको विभागले जनाएको छ। अनुगमन गर्दा ४ वटा फर्मलाइ विभिन्न कसुरमा ८० हजार रुपैयाँ जरिवान, १० वटा फर्मसँग थप कागजात माग तथा १६ फर्मलाइ सामान्य निर्देशन दिइएको  विभागले जनाएको छ।

विभागले अनुगमनकै क्रममा कुलेश्वर क्षेत्रको एक व्यवसायिक फर्मले बिक्रीको लागि राखेको चिनी तथा दलहनमध्ये केही बोराहरुमा कैफियत भेटीएकोले थप अनुसन्धानका लागि फर्मको गोदाममा सिलबन्दी गरिएको  जनाएको छ।

images

उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन कार्यक्रमलाई सघन र प्रभावकारी बनाउन उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ को प्रावधान अनुसार योग्यता पुगेका विभागमा कार्यरत सम्पूर्ण अधिकृतस्तरका कर्मचारीहरु, ७७ वटै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी/ प्रशासकीय अधिकृतहरु, सबै इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुखहरु र ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई निरीक्षण अधिकृतको अधिकार प्रत्यायोजन गरिएको  समेत विभागले जनाएको छ।

बजारमा देखिने गैरव्यवसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित व्यापारिक क्रियाकलाप, बिल विजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्री वितरण, लगायतका क्रियाकलापलाइ न्यूनीकरण गर्न तथा स्वच्छ बजार कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्न विभाग निरन्तर रुपमा क्रियाशील रहेको समेत विभागको दाबी छ।

उपभोक्ताहरु कही कतै ठगिएको तथा उपभोक्ता अधिकारबाट बञ्चित भएमा हेलो विभागको टोल फ्रि नम्वर ११३७, उजुरी पोर्टलमा उजुरी वा गुनासो दर्ता गरेर र विभागमा सोझै उपस्थित भइ लिखित वा मौखिक उजुरी तथा गुनासो दर्ता गरी सम्भाव्य ठगीबाट जोगिन विभाग अनुरोध समेत गरेको छ।


प्रकाशित : मंगलबार, असोज २ २०८०१२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend