आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कित्ताकाट खुलेसँगै घरजग्गा कारोबार बढ्ने अनुमानविपरित भदौमा झनै घट्यो

images
मंगलबार, असोज २ २०८०
images
कित्ताकाट खुलेसँगै घरजग्गा कारोबार बढ्ने अनुमानविपरित भदौमा झनै घट्यो

वर्षौंदेखि अव्यवस्थित जग्गाको नीतिलाई व्यवस्थित गर्न डेढ वर्षअगाडि लिइएको नीतिलाई पुनः भत्काउने गरी सरकारले निर्णय गरेको थियो। कित्ताकाट खुलेसँगै घरजग्गा कारोबार बढ्ने अनुमान विपरित कारोबार घटेको छ। 

images
images

काठमाडौं- कित्ताकाट खोलेपनि घरजग्गा कारोबार भने बढ्नुकोसट्टा घटेको छ। साउनमा भन्दा भदौमा घरजग्गा कारोबार घटेको हो।  

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार भदौमा देशभरका मालपोत कार्यालयहरुबाट ३५ हजार ६ सय ८६ लिखत पारित भएका छन्। 

images
images

साउनको तुलनामा भदौमा लिखत पारित ३ हजार ५ सय ७७ ले घटेको छ। यस्तै, भदौमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो साउनको तुलनामा १३ करोड ५५ लाख रुपैयाँ बढी हो।

images
images

सरकारले गत साउन ३० गते कित्ताकाट पुरानै अवस्थामा खोल्ने निर्णय गरेको थियो। सरकारले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गा कित्ताकाट खुला गर्ने निर्णय भएपनि हालसम्म कार्यान्वयनमा नआएपछि कित्ताकाट खुलाउन पुनः अर्को निर्णयको गरिएको छ। 

वर्षौंदेखि अव्यवस्थित जग्गाको नीतिलाई व्यवस्थित गर्न डेढ वर्षअगाडि लिइएको नीतिलाई पुनः भत्काउने गरी सरकारले निर्णय गरेको थियो। कित्ताकाट खुलेसँगै घरजग्गा कारोबार बढ्ने अनुमान विपरित कारोबार घटेको छ। 

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लिखत पारित ३९ हजार २ सय ६३  भएको थियो। असारको तुलनामा साउनमा लिखत पारित ९ हजार ५ सय ८ ले घटेको थियो। असारमा देशभरका मालपोत कार्यालयहरुबाट ४८ हजार ७ सय ७१ लिखत पारित भएको थियो। गत वर्षको भदौमा लिखत पारित ३४ हजार ७ सय २० थियो भने राजस्व ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठाएको थियो।


प्रकाशित : मंगलबार, असोज २ २०८०११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend