आइतबार, पुस ७ गते २०८१    
images
images

सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २ २०८०
images
images
सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै

लोप हुँदै गएको भेडापालनबाट समेत यहाँका किसानले मनग्य आम्दानी गर्ने गरेका छन्। यहाँ घुम्न आउने आन्तरिक पर्यटक किसानले उत्पादन गरेको तरकारी लिएरै फर्किने गरेका छन्।

images
images

दोलखा- सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ। जताततै बारीका गराबाट बर्खे आलुु खन्दै गरेका देश्य देखिन्छन्। आलै माटोबाट आलु झिक्न नपाउँदै यहाँका कृषकले काउली, बन्दालगायत तरकारी लगाउन थालिसकेका छन्। बारीका गरा निकै सुन्दर र हरियाली देखिन्छन्। 

images
images
images

दोलखाको शैलुुङ गाउँपालिका-८ शैलुङ डाँडाको तल्लो भागमा स्थानीयले बन्दा, काउली, मटरकोसा, केराउ, गाँजर, हिरोयो मकैलगायत बेमौसमी तरकारी खेती गरेका छन्। यहाँका किसानले लाखौँ मूल्य बराबरको आलु बिक्री गरेका छन्। 

images

स्थानीय लालबहादुर श्रेष्ठका अनुसार यो ठाउँ निकै अग्लो स्थानमा पर्ने भएकाले पनि यहाँको आलुु, काउली, बन्दालगायत तरकारी बारीमै ठेक्का लाग्छ। यहाँको तरकारी बढीजसो काठमाडौँ बिक्रीका लागि लैजाने गरिन्छ। शैलुुङ माथिको भागझोर, मनागाउँ, कालापानी, ढुङ्गे, छाँगा गुुफा, फालाटे, चित्रे पाखा, भैंसे, खोरण्डे, कुने, डोबाटालगायत स्थानमा यावसायीकरुपमा तरकारी खेती गरिँदै आएको छ। तरकारी खेतीले दिनचर्या फेरिएकामा किसान दङ्ग छन्। किसानले तरकारी खेतीबाटै आफ्नो घरखर्च मात्रै चलाएका छैनन् छोराछोरीलाई पढाउने खर्चसमेत जुटाउँदै केही रकम बचतसमेत गर्ने गरेका छन्।  

images

कुनै बेला आफ्नो बारीबाट जति गरे पनि खान सम्म नपुुग्ने यहाँका कृषक अहिले व्यावसायीक तरकारी खेतीमा लागेपछि आयआर्जन बढेको छ। किसानले एकै याममा पाँच लाखसम्मको तरकारी बेच्छन्। शैलुुङ-८ कालापानीका गोपाल थपलिया काउली बेचेर घरखर्च चलाउन सहज भएको बताउँछन्। सोही ठाउँका लालबहादुर श्रेष्ठले पनि यसपाली तीन लाखको काउली बेचेको सुनाए। यहाँका कृषक व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका छन्। कतिपय किसान व्यावसायीक चौंरी पालनमा छन् भने कोही भेडाबाख्रा पालनमा व्यस्त भेटिन्छन्। 

लोप हुँदै गएको भेडापालनबाट समेत यहाँका किसानले मनग्य आम्दानी गर्ने गरेका छन्। यहाँ घुम्न आउने आन्तरिक पर्यटक किसानले उत्पादन गरेको तरकारी लिएरै फर्किने गरेका छन्। स्थानीय कृषकको एउटै गुनासो छ, 'हामीले व्यावसायीकरुपमा खेती गर्दा सरकारले हाम्रो उत्पादन गर्न सहयोग गरेको छैन, सडक सुविधा नहुँदा उत्पादित काउली, गाँजर, मटरकोसा, आलु बारीमै कुहिँदा दुःख लाग्छ।'

अहिले शैलुङका सबैजसो कृषक व्यावसायिक खेतीमा लागेका छन्। यहाँ उत्पादित सामग्री काठमाडौं पुुग्छ। शैलुङका किसानले उत्पादन गरेको आलुलाई मुडेको भन्दै बेच्ने गरेको देख्दा मन खल्लो हुने गरेको स्थानीय कृषक लालबहादुर श्रेष्ठ बताउँछन्। यहाँको आलुु तथा अन्य तरकारी बजारीकरण गर्न स्थानीय समाजसेवी तथा पर्यटनको क्षेत्रमा काम गर्दै आउनुभएका सोभित उप्रेती लागि परेका छन्। उनी भन्छन्, 'शैलुङका किसानको आर्थिक अवस्था बलियो बनाउनका लागि तरकारी बजारीकरण गर्न पहल गरिरहेका छौँ', उनले भने। यहाँको सडक बाह्रै महिना चल्ने बनाउन सके किसानले पसिनाको मूल्य पाउने उप्रेतीको भनाइ छ। रासस 


प्रकाशित : मंगलबार, असोज २ २०८०११:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend