काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांशकाे प्रस्ताव गरेकाे हाे।
सहकारी तथा लघुवित्त तर्फबाट सबैभन्दा बढी आयकर तिर्ने संस्थाको रुपमा आन्तरिक राजश्व विभागले बुधबार छिमेकलाई सम्मान समेत गरेको थियो।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।