शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

घट्यो ट्रेजरी बिलको ब्याजदर 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २ २०८०
images
घट्यो ट्रेजरी बिलको ब्याजदर 
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले असोज १ गते निष्कासन गरेको ट्रेजरी बिलको ब्याजदर घटेको छ। राष्ट्र बैंकले ९१ दिने ९ अर्ब ५३ अर्ब रुपैयाँ र १८२ दिने ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्नका लागि बोलपत्र आव्हान गरेको थियो।

images
images
images

यस्तै ३ सय ६४ दिने ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल राष्ट्र बैंकले जारी गरेको थियो। असोज २ गते भएको एक्सनमार्फत तीनवटै ट्रेजरी बिलको डिस्काउन्ट रेट (ब्याजदर) घटेको छ। 

images
images

यसअघि ९१ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ५.८६८० प्रतिशत कायम भएकोमा अहिले ५.४६९४ प्रतिशत कायम भएको छ। यस्तै यसअघि १८२ दिने ट्रेजरी बिलको भारित औषत  ब्याजदर ६.४०९४ प्रतिशत रहेकोमा अहिले घटेर ६.०४३२ प्रतिशत कायम भएको छ।

images
images

यस्तै ३६४ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर घटेको छ। पछिल्लो एक्सनमार्फत यस्तो ऋणपत्रको ब्याजदर ६.२२१८ प्रतिशत कायम भएको छ। यसअघि यस्तो ट्रेजरी बिलको ब्याजदर ६.४३३१ प्रतिशत रहेको थियो।


प्रकाशित : मंगलबार, असोज २ २०८००५:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend