बिहीबार , असोज ३ गते २०८१    
images
images

नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी चाउचाउ

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २ २०८०
images
images
नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी चाउचाउ

फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ ।

images
images

काठमाडौं- वाइवाइ चाउचाउको उत्पादक चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्सले नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ।

images
images
images

कुरिलोको स्वादमा उपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ।

बहुउपयोगी र स्वस्थका हिसावले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुक्रा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरु चाउचाउ भन्दा पृथक रहेको कम्पनीले जनाएको छ। 

कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ। साथै कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो।

images

७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्टनूडल्सको उपभोक्ता मूल्य २५ रुपैयाँ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य  २० रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, असोज २ २०८००४:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend