शुक्रबार, असोज १२ गते २०८०    

टाटा एस ईभी नेपाल आउने निश्चित, बिहीबार सार्वजनिक हुने

images
टाटा एस ईभी नेपाल आउने निश्चित, बिहीबार सार्वजनिक हुने

यो पिकअपले एक पटकको फुल चार्जमा १ सय ५४ किलोमिटर रेन्ज दिन कम्पनीले जनाएको छ।

images

काठमाडौं- विद्युतीय कारमा आक्रामक देखिएको टाटा मोटर्सले नेपाली बजारमा पिकअप ईभी ल्याउने भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बिहीबार 'एस ईभी' सार्वजनिक गर्ने तय भएको हो। 

images

सिप्रदीले टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय प्यासेन्जर कार बिक्री गर्दै आएकोमा अब कमर्सियल सेगमेन्टमा पनि विद्युतीय सवारी ल्याउने भएको हो। लाइट कमर्सियल सेगमेन्टमा धेरैले रुचाएको टाटाको एस अब विद्युतीय भर्सनमा नेपाल आउने भएको हो। 

images

टाटाको उक्त एस ईभी नेपाल भित्रिएको र बिहीबार सार्वजनिक गर्ने तय भएको टाटा मोटर्स ट्रक्स एन्ड बस नेपालले जानकारी दिएको छ।

images

सिप्रदीले आइतबार सकिएको नाडा अटो शोमा बहुप्रतिक्षित टियागो ईभी नेपाली बजारमा सार्वजनिक गरेको थियो। 

images
tata ace ev.jpg

यसअघि टाटाको नेक्सन ईभी, टिगोर ईभी, नेक्सन ईभी म्याक्स र विद्युतीय ट्याक्सीमा एक्सप्रेस टी ईभी नेपाली बजारमा उपलब्ध रहेको छ। लाइट कमर्सियल सेमेन्टमा पनि विद्युतीय सवारी आएको छ। 

टाटा एस ईभीमा २१.३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ। यो पिकअपले एक पटकको फुल चार्जमा १ सय ५४ किलोमिटर रेन्ज दिन कम्पनीले जनाएको छ। ग्रस भेहिकल वेइट १८ सय ४० किलो रहेको एस ईभीको पेलोड क्यापासिटी ६ सय किलो छ। 

एस ईभीको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ। यो पिकअपको अधिकतम टर्क १ सय ३० एनएम छ। यसको मूल्यलगायत विषय भने कम्पनीले खुलाएको छैन।

images

प्रकाशित : सोमबार, असोज १ २०८००७:१३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ