काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव तीर्थराज चिलुवालले पाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा भएका चिलुवाललाई महानिर्देशकको जिम्मेवारी दिइएको हो।
राजस्व प्रशासनका क्याडर चिलुवाल अर्थतन्त्रबारे राम्रो जानकार प्रशासक मानिन्छन्।
गत वर्ष खुला प्रतिस्पर्धाबाट सहसचिव भएका उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको प्रमुख थिए। त्यसअघि उनी छोटो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बसेका थिए।
लामो समय राजस्व प्रशासनमा बसेका उनीसँग विभिन्न कार्यालयको नेतृत्व गरेको अनुभव छ।