आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

छाडा चौपाया व्यवस्थापनसँगै प्राङगारिक मल उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १ २०८०
images
छाडा चौपाया व्यवस्थापनसँगै प्राङगारिक मल उत्पादन

गौशालामा पाँच सय छाडा चौपायालाई व्यवस्थापन गरिएको छ। गौशालामा व्याएका गाई घरमै लगेर पनि  दूध तथा दही खान दिइने गरिएको छ।

images
images

कञ्चनपुर- कृष्णपुर नगरपालिका-४ मा छाडा चौपायाको व्यवस्थापनसँगै व्यवसायिकरूपले  प्राङगारिक मल उत्पादन गर्न थालिएको छ।

images
images
images

उत्पादित मल तरकारी खेती, फलफूल खेती र माछापालनमा लागेका किसानले खरिद गरेर लैजान थालेका छन्। प्रतिट्राली मल चार हजारका दरले बिक्री हुन थालेको छ। हालसम्म तीनसय ट्राली मल बिक्री भएको छ।

images
images

'मल बिक्री गरेर आएको केही रकम गौशाला व्यवस्थापनमा खर्च हुन्छं' वडाअध्यक्ष धर्मबहादुर सिंहले भने, 'बचेको रकम पुनः प्राङगारिक मल उत्पादन गर्दा खर्च हुने गरेको छ।'

images
images

दुई वर्ष अघिसम्म यस क्षेत्रका खेतमा लगाइएको बाली छाडा चौपायाले खाएर नोक्सानी पुर्‍याउने गर्दा स्थानीय किसानले हैरानी खेप्दै आएका थिए। वडा नजिकैको समैजी सामुदायिक वन छेउको सार्वजनिक जग्गामा छाडा चौपाया व्यवस्थापन  गरिएपछि किसानको बाली जोगिनाका साथै सुपथ मूल्यमा प्राङ्गारिक मल पाउन थालेपछि स्थानीय किसानले व्यवसाीयकरूपले खेती गरेर आम्दानी गर्न थालेका छन्। 

'प्राङ्गारिक मल नपाउदा अधिकांश किसानले खेतबारीमा रासायनिक मल प्रयोग गर्दै आएका थिए' गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर खड्काले भने, 'हाल वडाका अधिकांश किसानले प्राङगारिक मल प्रयोग गर्न थालेपछि माटोको उर्वराशक्ति बृद्धि हुनाका साथै माटोको गुणस्तरमा सुधार आएको छ।'

प्राङ्गारिक मलको प्रयोगले अन्नबाली र तरकारीको मूल्य बढ्नाका साथै रासायनिक मलको प्रयोगमा कमी आएको उनको भनाइ थियो। 

केही किसानले गौशालाबाट मल खरिद गरे पनि अधिकांशले मल  उत्पादनको तरिका सिकेर घरमै पनि मल उत्पादन गर्न थालेको पनि अध्यक्ष खड्काले उल्लेख गरे। 

उनका अनुसार किसानको मागबमोजिम गौशालमा प्राङ्गारिक मलसँगै गड्यौला मल बनाउने कार्य अगाडि बढाइएको छ। रासायनिक मलमा परनिर्भरता कम गर्नका लागि प्राङ्गारिक र गड्यौला मलको प्रयोगलाई बढावा दिन थालिएको हो। 

गौशालामा पाँच सय छाडा चौपायालाई व्यवस्थापन गरिएको छ। गौशालामा व्याएका गाई घरमै लगेर पनि दूध तथा दही खान दिइने गरिएको छ। 'गाई दुहुनो छँदासम्म घरमै लगेर पाल्नसक्ने व्यवस्था गरेका छौँ' वडाअध्यक्ष सिंहले भने, 'गाईले दूध दिन छाडेपछि पुनः गौशालमै फिर्ता लिन्छौँ।' 

नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीका अनुसार वडा नं १, २,४ र ५  गरी  गरी पाँच ठाउमा छाडा चौपाया व्यवस्थापन गरिएको छ।

पाँचवटै ठाउमा झण्डै एक हजार पाँच सय चौपायालाई अस्थायीरूपमा व्यवस्थापन गरिएको र ती चौपायलाई रेखदेख गर्नेलाई खर्च भने नगरपालिकाबाट व्यहोरिदै आइएको छ। उनका अनुसार उत्कृष्ट व्यवस्थापनको कार्य वडा नं ४ मा भएको छ। रासस


प्रकाशित : सोमबार, असोज १ २०८००८:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend