काठमाडौं- सुनको मूल्यमा समान्य वृद्धि भएको छ। बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने स्थिर छ। बुधबार १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।