काठमाडौं- सरकारले अपर अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैंठकले यस्तो निर्णय गरेको हो।
बैठकले कर प्रणाली सुधारका लागि रायसहितको सुझाव पेस गर्न विद्याधर मल्लिकको अध्यक्षतामा पाँच सदस्यीय कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन गर्ने निर्णय पनि गरेको छ।
यस्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा बाबुराम पन्तलाई नियुक्त गर्ने, राष्ट्रिय सिँचाइ नीति २०८० स्वीकृत गर्ने, नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।
यस्ता छन् मन्त्रिपिरषद् बैठकका पछिल्ला २३ निर्णय