काठमाडौं-सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रताप जंग पाण्डे चयन भएका छन्। कम्पनीको सञ्चालक समितिको ३६२ औं बैठकले पाण्डेलाई कम्पनीको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो।
कम्पनीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगी मुद्दामा पक्राउ परेपछि अर्को अध्यक्ष चयन गरिएको हो।
तत्कालीन आइएलएफसीओ र सिभिल बैंकबीच मर्जर भएयता पाण्डे सो बैंकमा सञ्चालक थिए। पाण्डे कैलाश हेलिकप्टर प्रालिका प्रबन्ध निर्देशक समेत रहेका छन्।