बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

रूख कटानको अनुमति नपाउँदा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले लिन सकेन गति

images
आइतबार, भदौ ३१ २०८०
images
images
रूख कटानको अनुमति नपाउँदा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले लिन सकेन गति
फाइल तस्बिर

दुई वर्षभित्रै एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वर्ष पुस महिनामा ९६ करोड ८२ लाख रूपैयाँ ३९ हजार छ सय ४६ मा सो चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो। तर यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन सकेको छैन।

images
images

गोदावरी- कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन। यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो।

images
images
images

दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो। धनगढी-७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ।

images

एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिए।

images
images
images

उनका अनुसार दुई वर्षभित्रै एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वर्ष पुस महिनामा ९६ करोड ८२ लाख रूपैयाँ ३९ हजार छ सय ४६ मा सो चिनियाँ कम्पनीसँग सम्झौता भएको हो।

सो केन्द्र निर्माणस्थलमा झन्डै दुई हजार रुख काट्नुपर्ने देखिएको छ। रुख कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत स्वीकृत भइसकेको जनाइएको छ। गत फागुन १५ गते ईआईए स्वीकृत भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले जनाएको छ। तर केन्द्र निर्माणको काम अलपत्र परेको छ।

रूख कटान अनुमतिका लागि प्रतिवेदन वन मन्त्रालयमा बुझाइसकिएको आयोजना कार्यालयले जनाएको छ। फोहरमैला व्यवस्थान केन्द्र बनाउन २२ हेक्टरमा करिब दुई सय बिरुवा काट्नुपर्ने क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर कलौनीको भनाइ छ। रासस


प्रकाशित : आइतबार, भदौ ३१ २०८००५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend