सोमबार, असोज ७ गते २०८१    
images
images

सिटिजन्स बैंक इन्टरनेसनलले ५.७९ प्रतिशत नगद लाभांस दिने 

images
आइतबार, भदौ ३१ २०८०
images
images
सिटिजन्स बैंक इन्टरनेसनलले ५.७९ प्रतिशत नगद लाभांस दिने 

सञ्चालक समितिको यो प्रस्ताव सधारणासभाबाट पारित भएर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछिमात्र लागू हुनेछ। 

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ५.७९ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ। 

images
images
images

बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ लाभांसका लागि छुट्याउने निर्णय गरेको हो। 

सञ्चालक समितिको यो प्रस्ताव सधारणासभाबाट पारित भएर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछिमात्र लागू हुनेछ। 

सिटिजन्स इन्टरनेशनल बैंकले गत वर्ष करिब साढे २ अर्ब रुपैयाँ नाफा गरेको थियो। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो ।

images

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ रुपैयाँ १२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ। 

बैंकको लाभांस क्षमता ७ प्रतिशत रहेको थियो। 

 


प्रकाशित : आइतबार, भदौ ३१ २०८००५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend