शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

नाडा अटो शोमा बढ्दै आकर्षण : ५ दिनमै ६४ हजार ९ सयले गरे अवलोकन, आइतबार अन्तिम दिन

images
शनिबार, भदौ ३० २०८०
images
images
नाडा अटो शोमा बढ्दै आकर्षण : ५ दिनमै ६४ हजार ९ सयले गरे अवलोकन, आइतबार अन्तिम दिन

अटो शोमा उल्लेख्य रुपमा विद्युतीय सवारी प्रदर्शनीका लागि राखिएका छन्। अधिकांश आगन्तुकहरुको ध्यान विद्युतीय सवारीतर्फ नै आकर्षिकत भएको छ।  

images
images

काठमाडौं- मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२३ मा दर्शकको भिड दिनदिनै बढ्दै गएको छ। अटो शोको पाँचौ दिनसम्म आइपुग्दा ६४ हजार ९ सय जनाले अवलोक गरिसकेको नाडाले जनाएको छ। 

images
images
images

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शो २०२३ मंगलबार अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका थिए। ‘नाडा अटो शो २०२३’ लाई नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले देशकै सबैभन्दा ठूलो शो भनेको छ। 

images

यो वर्षको नाडा अटो शोमा पहिलो दिन मंगलबार ८ हजार ५ सय जनाले अवलोकन गरेका थिए। त्यस्तै दोस्रो दिन बुधबार ११ हजार ७ सय जनाले अवलोकन गरेको थिए। तेस्रो दिन १४ हजार ३ सय जनाले अवलोकन गर्दा चौथो दिन १४ हजार २ सय जना नाडा अटो शो हेर्न पुगेका थिए। 

images

पाँचौ दिन अर्थात शनिबार पनि परेकाले अवलोकनकर्ताको उपस्थिति बाक्लो थियो। शनिबार १६ हजार ४ सय जना नाडा अटो शो हेर्न भृकुटी मण्डप पुगेको नाडाले जनाएको छ। 

अटो शोमा उल्लेख्य रुपमा विद्युतीय सवारी प्रदर्शनीका लागि राखिएका छन्। अधिकांश आगन्तुकहरुको ध्यान विद्युतीय सवारीतर्फ नै आकर्षिकत भएको छ।  

अधिकांश ब्रान्डले नयाँ तथा यसअघि सार्वजनिक भएको विद्युतीय सवारी प्रदर्शनीमा राखिएका छन्। त्यसैले नाडा अटो शोको यो १५औँ संस्करण विद्युतीय गाडीले उज्यालिएको छ। दुई पांग्रेदेखि कार तथा प्यासेन्जर भ्यानसहित साना ट्रकसम्म प्रदर्शनीका लागि राखिएको छ।

सवारी आयातकर्ता कम्पनीहरूले अटो शो लक्षित गर्दै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गरेका हुन्। त्यस्तै दर्जनौँ कम्पनीले अटो शोमै आफ्ना नयाँ मोडलका कारहरू सार्वजनिक गरेकाले पनि उपभोक्ताहरुको ध्यान विद्युतीय सवारीले धेरै तानेको हो। 

प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित कुल १ सय २० वटा स्टलहरू प्रदर्शनीमा छन्। 

जसमध्ये चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिज ३१ रहेका छन्। नाडा अटो एक्सपोको १५औँ संस्करणको नाडा अटो एक्सपो २०२३ भदौ २६ मा सुरु भएको र ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डपमा चल्ने छ।  

नाडा अटो शोे २०२३ को सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एन्ड मेनजमेन्ट सर्भिस प्रालिले गरेको हो। अटो शो २०२३ को प्रयोजक टाटा मोटर्स जेनियुन अइल रहेको छ।


प्रकाशित : शनिबार, भदौ ३० २०८०१३:२४
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend